समाचार संकलक तथा लेखक- काशी भुसाल!
अष्ट्रेलियाको राजधानी क्यानवेरामा पहिलो पटक पब्लिक प्राईभेट पार्टनरसिप माध्यम द्वारा लाईट रेल सन्चालनमा आऊने भएको छ। राजधानी भएर पनि सार्वजनिक यातायातको नाममा यँहाको सरकारले बस मात्र संन्चालन गर्दै आएको थियो र सीमित यातायातको कारण यात्रुहरुलाई असुविधा महसूस भैरहेको थियो। फ़ेडरल सरकारले लाईट रेलका लागि अहिले सम्मकै अधिकतम लगानि गरेको जनाएको छ, जसमा गत बर्ष २०१८ को सुरुवात देखि यस परियोजना सुरु गरिएको थियो र २०१९ को सुरुवात देखिनै रेल सन्चालनमा आऊने जनाईए पनि कतिपय स्थानमा ट्रयाकको काम सम्पन्न हुन नसकेका कारण गत महिना मात्र अप्रिल देखि सन्चालनमा आऊने भनेर पूर्व जानकारी गराईयो।
![[Tags] 372D1D50-BE71-4813-83D1-126AC85D2771 क्यानबेरामा लाईट रेल!!!](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/372D1D50-BE71-4813-83D1-126AC85D2771.jpeg?resize=539%2C569&ssl=1)
ट्रान्सपोर्ट क्यानवेराले यहि अप्रिल २० तारिक शनिवारका दिन बिहान ठीक नौ बजे लाईट रेल संचालनको औपचारिक कार्यक्रम गंगालिन र सिटी सेन्टरको लाईट रेल स्टेशन बाट भब्य शुभारम्भ हुने जनाएको छ। ऊक्त दिन हरेक समुदायलाई यँहाको सरकारले उपस्थिति हुन आग्रह पनि गरेको छ। बाल-बालिकाका लागि खेल्न रमाऊनका लागि विविध व्यव्यस्था र विभिन्न फूड स्टल पनि रहने जानकारी गराईएको छ।पहिलो चरण अन्तर्गत शनिवार र आईतबार दुबै दिन लाईट रेल बिहान ९ बजे देखि साँझ ४ बजे सम्म सन्चालनमा आऊने छ भने दुबै दिन लाईट रेल यात्रा निःशुल्क पनि गरिएको छ। २१ अप्रिल ईस्टर आईतबारका दिन पनि सबै नेटवर्कमा लाईट रेल र बस सेवा निःशुल्क गरिएको छ। ईस्टर सोमवार २२ अप्रिल देखि लाईट रेल र बसमा नियमित रुपमा तोकिए बमोजिमको भाडा क़ायम लाग्ने गरि निर्धारण गरिएको छ!
![[Tags] 372D1D50-BE71-4813-83D1-126AC85D2771 क्यानबेरामा लाईट रेल!!!](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/93FDC58D-B6A4-46CD-992E-BF31E14EE004.jpeg?resize=640%2C329&ssl=1)
पहिलो फेज अन्तर्गत क्यानवेराको ऊत्तरी टाउन सेन्टर “गंगालिन” बाट सिटी सेन्टर (सिभिक) सम्मको १२ किलोमीटर दुरी सम्मको सम्पूर्ण पूर्वाधार, डिज़ाइन र निर्माण गर्न करिब ७०७ मिलियन अष्ट्रेलियन डलर लागेको जनाईएको छ। गंगालिनको Hibberson Street बाट Flemington Road हुंदै Federal Highway र Northbourne Avenue हुंदै दक्षिणी भाग सिटी सेन्टरको Aling Street र Rudd Street बीच सम्म लाईट रेल सन्चालन हुने भएको छ।”अष्टरेलियन क्यपिटल टेरिटेरी” राज्यले अहिलेसम्मकै क्यावेराको लाईट रेल संरचना निर्माणका लागि छुट्टाईएको ठूलो बजेट भनेर जनाएको छ। त्यस्तै दोश्रो फ़ेज़ सिटी सेन्टर देखि “ऊडन टाऊन सेन्टर”सम्म ट्र्याक निर्माण योजनाका लागि अध्ययनको काम पनि भैरहेको जनाईएको छ।
गंगालिनको Hibberson Street देखिको सिटीको Alinga Street सम्मको १२ किलो मिटरको दुरीमा १३ वटा स्टेशन क़ायम गरिएको छ। जँहा बाट यात्रु चढ्न र झर्न सक्नेछन्।यि स्टेशनमा १४ वटा लाईट रेल सन्चालनमा ल्याऊने तयारी गरिएको छ। हरेक लाईट रेल भित्र र हरेक स्टेशनमा २४अैं घण्टा सिसिटीभी सन्चालनमा रहनेछन्। एक लाईटरेलको क्षमता कम्तिमा पनि २०७ जना यात्रुहरु रहेको छ जसमा ६६ वटा सीट बस्नका लागि रहेका छन्, र १४१ ब्यक्ति ऊभिन मिल्ने गरि सुविधा बनाईएको छ।
![[Tags] 372D1D50-BE71-4813-83D1-126AC85D2771 क्यानबेरामा लाईट रेल!!!](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/3700099B-A883-43DD-8B39-9331E8DA0545.jpeg?resize=600%2C409&ssl=1)
त्यसैगरि १२ वटा रातो सिट गर्भवती, अशाय अशक्त र बृद्हरुलाई सुरक्षित गरिएको छ भने सामान्य यात्रिहरुले निलो रंगको मात्र प्रयोग गर्न पाऊने छन्। साथै हरेक रेलमा दुई वटा व्हिल चेयर रहने ब्यवस्था पनि गरिएको छ। ३३ मीटर लामों रातों रंगको लाईट रेल यूरोपको स्पेनबाट आयात गरिएको हो र हरेक लाईट रेलमा पाँच वटा क्यारिज रहेका छन्। हरेक क्यारिजमा ४ वटा साइकल यात्रुहरुले साईकल राख्न पाऊनेछन्। गंगालिन देखि सिटी र सिटी देखि गंगालिनको यात्रा तय गर्न करिव २४ मिनेट लाग्ने जनाईएको छ र यो रेल अधिक्तम ७० किमी प्रति घण्टाको गति सम्म दौडने छ।
हरेक रेलमा निःशुल्क वाई-फाई तथा एयर कन्डिसन् को सुविधा पनि जोडिएको छ। लाईट रेल भित्र यात्रुलाई रुट र स्टेशन तथा अन्य जानकारीका लागि अडियो तथा भिडियो सूचना दिने प्रविधी पनि मिलाईएको छ।
![[Tags] 372D1D50-BE71-4813-83D1-126AC85D2771 क्यानबेरामा लाईट रेल!!!](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/1D060935-E3AC-461E-8170-47610E971B63.jpeg?resize=640%2C427&ssl=1)
ट्रान्सपोर्ट क्यानवेराले सोमवार देखि बिहिबार, शुक्रवार, शनिवार तथा आईतबार गरि चार किसिमले लाईट रेल सन्चालनको समय तालिका सार्वजनिक गरेको छ। आईतबार बाहेक हरेक दिन लाईट रेल बिहान ६ बजे गंगालिन र सिटी बाट सुरु हुनेछ भने weekdays मा राती ११ बजे गंगालिन तथा ११:३० बजे सिटी बाट अन्तिम रेल छुट्ने छ। त्यसैगरि शनिवार बेलुका गंगालिन बाट अन्तिम रेल रातीको १२:३० बजे छुट्नेछ भने सिटीबाट रातीको १ बजे छुट्नेछ। आईतबार तथा अन्य सार्वजनिक बिदाको दिन लाईट रेल गंगालिन बाट बिहान ८ बजे सुरु हुनेछ भने सिटी बाट बिहान ८:३०मा सुरु हुनेछ। त्यसैगरि आईतबार राती गंगालिन बाट अन्तिम रेल ११ बजे छुट्नेछ भने सिटीबाट अन्तिम रेल ११:३० बजे छुट्ने छ।
जसमा लाईट रेल यात्राका लागि यात्रुले MyWay card प्रयोग गर्नु पर्ने छ वा अन्यथा लाईटरेलका प्रत्येक स्टेशनमा पेपर टिकट लिन पनि सकिने ब्यवस्था गरिएको छ। यात्रुको सुविधाका लागि हरेक १३ स्टेशनमा MyWay card recharge गर्न मिल्ने ब्यवस्था पनि गरिएको छ ।साथै MyWay card विभिन्न एजेन्सी पसलबाट तथा पोष्ट अफिस बाट पनि ख़रीद गर्न सकिन्छ। MyWay कार्ड प्रयोगकर्ताले बस र लाईट रेल दुबैमा एकै कार्ड प्रयोग गर्न सक्नेछन्।यात्रुले रेल चढ्नु अघि र यात्रा सकिसके पछि हरेक स्टेशनमा रहेको मेसिनमा ट्याप अन तथा ट्याप अफ गर्न जरूरी हुनेछ।ट्याप् अफ नगरेमा निरन्तर दरमा १.७८ डलर थप कार्ड बाट घट्ने छ। ट्रान्पोर्ट क्यानवेराले MyWay कार्ड प्रयोगकर्ता लाई दुई किसीमको भाडा दर कायम गरेको छ, नियमित समयमा साधारण भाडा ३.२२ डलर र बिघार्थी तथा अन्य कनसेसन् भाडा १.६१ डलर कायम गरेको छ। त्यसैगरि अफ टाईममा साधारण भाडा २.५५ डलर रहेको छ भने अन्यको यथावतनै गरिएको छ। टिकट लिने यात्रुहरु लाई एकतर्फी यात्राको लागि ५ डलर कायम गरिएको छ र बिधार्थीको हकमा एकतर्फी २.५० कायम गरिएको छ। एक तर्फि यात्रा समय ९० मिनेट क़ायम गरिएको छ, यो समय भित्र बस देखि लाईट रेल वा लाईट रेल लाईट रेल बीचको ईन्टरचेंज गर्दा अतिरिक्त रकम लाग्ने छैन्।
अप्रिल २९ तारिक देखि लाईट रेलको नियमित यात्रा सुरु हुने जनाईएको भए पनि एक महिना अप्रिल २९ देखि २८ में सम्म MyWay कार्ड प्रयोगकर्ताहरुले लाईट रेल तथा बसमा निःशुल्क यात्रा गर्न पाऊने छन् र त्यसपछि हरेक MyWay कार्ड प्रयोगकर्ताले हरेक शनिवार र आईतबार लाईट रेल र बस दुबैमा निःशुल्क यात्रा गर्न पाऊने छन्। हरेक सोमवार देखि शुक्रवार बिहान ७ बजे देखि ९ बजे र दिऊसो ४ देखि ५:३० बजे प्रत्येक लाईट रेल हरेक ६ मिनेटको अन्तरमा सिटीका लागि प्रत्येक स्टेशन बाट छुट्नेछ भने हरेक सोमवार देखि शुक्रवार बिहान ६ देखि ७ र बेलुकी हरेक दिन ६ बजे पछि १५ मिनेटको अन्तरमा गंगालिनका लागि सिटी बाट लाईट ट्रेन छुट्नेछ! साथै बिहान ९ देखि दिऊसो ४ बजे सम्म दुबै तर्फ हरेक १० मिनेटमा लाईट रेल छुट्ने छ! शनिवार र आईतबारको हकमा भने पुरा अवधी १५ मिनेटको अन्तरमा लाईट रेल छुट्नेछ। यो सुविधा सँगै क्यानवेराका ऊत्तरी भागका जनता निकै लाभान्वित हुने देखिएको छ। तर अझै पनि ७०% क्यानवेरा निवासीले नियमित लाईट रेलको सुविधा लिन घर बाट लामों दुरी तय गर्नुपर्ने देखिएको छ!
फोटो : गुगल