बिनायक अधिकारी : क्यानबेरा

उदयपुर जिल्लाको पिपल भन्ज्यॉंग भन्ने ठॉंउमा पिता निरबहादुर हमाल र माता रत्न हमालको कोखवाट २००८ सालमा जन्मनु भएका डा कृष्ण हमाल चार बर्षको हुदॉं बर्दिबासमा बुवा आमा संगै सर्नुभएको हो । बुवालाइ छोराछोरि पढाउनु पर्छ र शिक्षानै जिवनको महत्वपूर्ण कुरा हो भन्ने बुझ्नुभएका बुवाले गॉंउमा स्कुल नभएका कारण बिहारवाट शिक्षक ल्याएर शिक्षाको बन्दोबस्त मिलाइदिनुभएको हो । तत्कालीन अवस्थामा स्कुल नभएका कारण गॉंउको पाटिमा भुंइमा बसेर पढ्नुभएको हो । त्यसपछि दैनिक चार किलोमीटर झण्डै डेढ घण्टा हिडेर ७ कक्षा सम्म अध्ययन गर्नुभएको हो । उहॉंको माध्यमीक बिध्यालय भने जनकपुरबाट भएको हो ।

095315AD-9664-40A5-A109-4A72EB8D357F-1024x768 होचो कदका अग्ला मानिस : डा कृष्ण हमाल
धर्मपत्नी उमा कुबँरका साथ ।

धीरेन्द्र शाह केहि अघि र आफनै समकक्षि साथी निर बिक्रम शान्ता साथ दार्जिलिंगको सेन्ट जोसेफ बाट प्लस टु अध्ययन सक्नुभएको हो । उक्त स्कुलमा नेपालमा राजसंस्थाका धेरै सदस्यहरु पढ्नुभएको हो । बिज्ञान बिषयमा आफूले सोचेजस्तो नम्बर नआएपछि हमाल जनकपुर फर्कनुभयो र अर्थशास्त्र र हिसाव बिषयमा स्नातक गर्नुभयो भने अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको हो । पढाइ सकिएपछि कृषि आयोजना केन्द्रमा काम सुरु गर्नुभयो यो समय २०३३ सालतिरको हो । त्यसपछि २०३६ सालमा उहॉंको उमा कुबँरसंग बैबाहिक जिवन सुरु भयो र सोहि बर्ष पूर्ण छात्रबृतिमा यूनिभर्सीटि अफ न्यू इंग्ल्याण्डमा एग्रीकल्चर इकोनोमिसमा स्नातकोत्तर गरेर नेपाल फर्कीनुभयो र चार बर्ष काम गर्नुभयो । त्यसपछि २०४२ सालमा यूएन बाट पूर्ण छात्रबृतिमा अल्बर्टा बिश्वबिध्यालय क्यानडामा डेभलपमेन्ट अफ इकोनोमिक्समा पिएचडि गर्न जानुभयो । पढाइ सकेर देश फर्केपछि आफूले काम गर्ने संस्थामा कम अध्ययन भएकाहरु राजनितिक पहुँचका आधारमा आफू भन्दा माथिल्लो तहमा आउने, चाकडि र चाप्लुसी चल्न थालेपछि बितृष्णा बढेर १९९१ सालको जुन महिनामा अष्ट्रेलियाको राजधानि क्यानबेरा आइपुग्नुभएको हो । एकैचोटि सरकारी जागीर र स्थायी बसोबासको जोहो गरेर अष्ट्रेलिया सरकारले उहॉंलाइ बोलाएको हो ।

095315AD-9664-40A5-A109-4A72EB8D357F-1024x768 होचो कदका अग्ला मानिस : डा कृष्ण हमाल
नेपालको तर्फवाट प्रतिनिधिका रुपमा भेटघाट

उहॉं क्यानबेरा ऑंउदा ३०/३५ जना नेपाली रहेका र ४/५ जनाले मात्रै स्थायी बसोबासको अनुमति लिएका थिए । उहॉं अहिले अष्ट्रेलियन सरकारको बरिष्ठ अर्थशास्त्रीका रुपमा १५ बर्ष काम गरि निवृत्त जीवन बिताइरहनु भएको छ । यो अवस्था सम्म आइपुग्न सबै जस बुवालाइ दिन पनि उहॉं चुक्नुभएन । बुवाले शिक्षा सबैभन्दा ठुलो कुरा हो त्यसैले पढ्नुपर्छ भन्ने कुरा नबुझिदिएको भए आफू गॉंउ घरतिरै हुन सक्ने बताउदै भाग्य र समयको खेलले यो अवस्थामा पुगेको कुरा मेरो कपुरि क संगको कुराकानिमा बताउनुभएको हो। समाजमा रहेका सबैको भलो चिताउने डा हमाल क्यानबेरा आएका नेपालीहरुलाइ दुख नपरोस भनेर एअरपोर्टबाट ल्याएर आफैंसंग राख्नुहुन्थ्यो र पछि सेटल भएपछि बल्ल जान दिनुहुन्थ्यो । यिनै उदार मनका धनिभएकैले पनि समाजमा डा हमाल सबैका अभीभावकका रुपमा रहनुभएको छ ।

095315AD-9664-40A5-A109-4A72EB8D357F-1024x768 होचो कदका अग्ला मानिस : डा कृष्ण हमाल
गायक निशान भट्टराइको साथ डा हमाल ।

दुइपटक सम्म NRNA of the year सम्मान प्राप्त गर्नुभएका डा हमाल अत्यन्तै रमाइलो ब्यक्ति र संस्कृतिमा रमाउने सबैसंग घुलमिल हुन सक्ने ब्यक्तिका रुपमा चिनिनुहुन्छ । क्यानबेराले मात्रै नभइ अष्ट्रेलियामानै आफनो छुट्टै छाप छोड्नुभएका डा हमाललाइ सबैले दु:ख सुखमा संझने गरेकोमा खुसी ब्यक्त गर्नुहुन्छ । समाजमा जहिलेपनि सबैको भलाइ होस, राम्रो होस भनेर चिताउने डा हमाल हिजो आज सामाजिक कार्य र सामाजिक संघ संस्थामा राजनिति भीत्रिएकोमा चिन्ता ब्यक्त गर्नुहुन्छ । देश छोडेर प्रजातान्त्रिक मुल्य मान्यता भएको देशमा बस्दा काममा बिश्वास गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ । बिरोधकै लागी बिरोध गर्नुचॉंहि राम्रो नभएको र राजनितिले समाजमा मनमुटाव हुने हुनाले सबैलाइ एकजुट भइ मीलेर बस्न पनि सबैलाइ आग्रह गर्नुभएको छ । सबै मीलेर जॉंदा यहॉंको सरकारसंग केहि लिन सकिने तर हाम्रो समाजको फुटले गर्दा घाटा ऑंफैलाइ हुने पनि बताउनुभयो । हिजो देशमा हुदॉं जताको राजनिति गरेपनि यता आएपछि पार्टिको कुरा समाजमा नदेखाइ मीलेर अघि बढ्न सबैलाइ आग्रह सहित अनुरोध गर्नुभएको छ ।

095315AD-9664-40A5-A109-4A72EB8D357F-1024x768 होचो कदका अग्ला मानिस : डा कृष्ण हमाल
सामाजिक कार्यक्रम सहभागी हुदै डा हमाल

Total Page Visits: 2998 - Today Page Visits: 1
Shares