मेरो कपुरी क सम्बाददाता : २४ अप्रिल २०१९
हिजो अप्रिल २३ का दिन क्यानबेरामा चन्द्र तिवारी र बिनायक अधिकारीका लागी अर्कै छटपटि थियो । पहिलो पटक चलचित्र देखाउने प्रयास गरेका यी दुइ तन्नेरीलाइ कति दर्शक आउलान र चलचित्र हेरेर दर्शकले कस्तो प्रतिक्रिया देलान भन्ने थियो । लामो इष्टको बिदा त्यसमाथी चलचित्र चल्ने दिन डवल पे हुने दिन त्यसले पनि दर्शक नहुनेहुन कि भन्ने डर राम्रै थियो । तर यी कुरा भन्दा फरक दर्शकहरु राम्रै हलमा आए र कहिले हॉंस्दै कहिले सुनसान बन्दै चलचित्र हेरे । चलचित्रका बिचमा आउने साना तिनै यौन सम्वाद र ठेट नेपाली कुरा गराइले दर्शक हॉंसिरहेका थिए । बिशेषगरि अर्घखॉंचि जिल्लाको भाषाको लवजले पनि दर्शक हॉंस्न मद्धत गरेको थियो ।
![[Tags] ED24EF01-934F-4188-AF3A-C7F2A4729A42-1024x768 ‘बुलबुल’ एउटा गुल्यो चिया ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/ED24EF01-934F-4188-AF3A-C7F2A4729A42.jpeg?resize=640%2C480&ssl=1)
सामान्य कथालाइ उत्कृष्ट बनाउन निर्देशले मिहिनेत गरेकै हुन । एउटा मात्रै गीतभएपनि गीत नपुगेको जस्तो भने देखिएन । हामीले चलचित्र सकेपछि दर्शक प्रतिक्रिया गरेका थियौं । सबै दर्शकलाइ चलचित्र मन परेको र नारि प्रधान चलचित्र भएकोले पनि राम्रो रहेको प्रतिक्रिया दिए । जे होस टिकटको पैसा खेर नजाने चलचित्रमा बुलबुल दह्रिएको छ । क्यानबेरा प्रदर्शनका लागी merokapurika.com an प्रस्तुत गरेको थियो भने हिमालयन बिजनेस ग्रुपले मुख्य प्रायोजन गरेको थियो । इनोभेटिभ एसोसियट, डिएम लिगल, एसएण्डएस एकाउन्टिंग, अजि फाइनान्स, एक्सपर्ट एजुकेशन, काठमाडौं ट्राभल, जेबि एजुकेशन र मण्डला कन्सल्टेन्सीले प्रायोजन गरेका थिए । सपोर्टरहरुमा मुस्तॉंग नेपाली रेष्टुरेन्ट, एजे क्लिनिंग, जेम गौली, ब्लु एज ब्याण्ड र यात्री इभेन्ट्सले सहयोग गरेका थिए ।
![[Tags] ED24EF01-934F-4188-AF3A-C7F2A4729A42-1024x768 ‘बुलबुल’ एउटा गुल्यो चिया ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/67B57192-3C01-4C8A-B285-F2B7CEB0EFD4.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] ED24EF01-934F-4188-AF3A-C7F2A4729A42-1024x768 ‘बुलबुल’ एउटा गुल्यो चिया ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/67181E02-DA1F-4CA8-B19A-7D4744723C61.jpeg?resize=640%2C480&ssl=1)