बिनायक अधिकारी : १ में २०१९
२०१९-२०२१ का लागी एनआरएनए अष्ट्रेलियाको सदस्य बन्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । गत बर्ष आठ हजारको हाराहारिमा भएको सदस्य संख्या यसपटक ११८१७ जना पुगेका छन् । आम नेपालीहरुका कुरा सुन्दा एनआरएनए संग सन्तोषजनक जनक हुन नसकेतापनि सदस्य संख्यामा भने बृद्धि भएको छ ।
अष्ट्रेलियामा सदस्य संख्या बढेर सबैभन्दा माथिल्लो स्थानमा पुगे संगै क्यानबेरामा पनि सदस्य संख्यामा चौवर रुपमा बृद्धि भएको छ । गत चुनावमा १७६ संख्या रहेको क्यानबेरामा यसपटक ७३८ जना सदस्य बनेका छन् । सदस्य संख्यामा बृद्धि हुनुलाइ दुइ अर्थले बुझिएको छ । एउटा अहिले भइरहेको कार्य समितिले राम्रो काम गर्नु र अर्को एनआरएनप्रति मानिसहरुको झुकाव बढ्नु । जे होस यसपटकको क्यानबेराको सदस्य संख्या बृद्धिले क्यानबेरामा भने नयॉं तरंग सृजना भएको छ । प्रजातान्तिक प्रकृयामा मतदानद्वारा सदस्य चयन हुनु सामान्य प्रकृया रहेपनि सदस्यहरुले कस्ता उमेदवार हुने हुन र कसलाइ जिताउने भन्नेमा भने बजार बेग्ला बेग्लै हल्ला चर्को चलिरहेको छ । खासमा एनआरएनए सामाजिक संस्थाको रुपमा रहेपनि पछिल्लो समयमा राजनितिले ब्याप्त रहेको आम जनगुनासो रहेको छ । राजनितिक संघ संस्थाको प्रेसरले गर्दा पनि आम सर्वसाधारणलाइ भने थोरै बृतिष्णा पैदा भएको हो कि भन्ने पनि बजारमा कानेखुसी सुनिएको छ । तर जे होस एनआरएनए प्रति सदस्य बनेर देखाउनुभएको सबैप्रति हार्दिक नमन । असल नागरिकले राम्रो संस्था बनाउन सक्नेमा दुइमत भने छैन ।