३१ जनवरी २०१८; कपुरि क सम्वाददाता :- बार्षिक रुपमा गर्दा आएको क्यानबेरा फुटवल क्लवको गाला डिनर कार्यक्रम यस बर्ष पनि हुने भएको छ । बर्ष भरि हुने बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने ब्यक्ति र संस्थाहरुलाइ धन्यवाद स्वरुप कार्यक्रम बार्षिक रुपमा मनाइन्छ क्लवका अध्यक्ष चुडामणी सापकोटाले भने । कार्यक्रमलाइ थप मनोरन्जनात्मक बनाउनका निमित्त स्थानीय कलाकारहरुवाट गायन नृत्य, डीजे म्यूजिक र अन्य कार्यक्रमहरु थप गरिएका छन् । कार्यक्रममा तिन प्रकारको खानाको ब्यस्था गरिएको छ भने मनोरन्जनका लागी भरपुर प्रयास हुने बताइएको छ ।
कार्यक्रम यदि ऑंउदो सनिवार बेलुका ५ बजेदेखी ११ बजे सम्म 1 Randwick rd Lyneham, Thoroughbred Park Function & Convention Centre माँ हुने छ भने सहयोगको लागी प्रति ब्यक्ति $५५ राखिएको छ । र बच्चाहरुका लागी $१५ राखिएको छ । टिकटको पैसा अलि बढि भयोकी भन्ने हाम्रो प्रश्नमा संयोजक दाहालले भने यो सबै पैसा हामीले खानाकै लागी खर्च गरेका छौं, यसवाट हामीलाइ कुनै नाफा राखेका छैनौं हामीले स्तरियतामा ध्यान दिएका छौं ।
टिकटका लागी कार्यक्रम संयोजक नवीन दाहाललाइ 0401979247 माँ सम्पर्क गर्न सकिनेछ भने क्लवले सबैलाइ फर्मल पोशाकमा उपस्थितिका लागी अनुरोध गरेको छ ।![[Tags] 2000925C-79D5-4CE3-BFCC-16EC3D904CA1-300x225 क्यानबेरा फुटवल क्लवको बार्षिक गाला डिनर हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/01/2000925C-79D5-4CE3-BFCC-16EC3D904CA1.jpeg?resize=300%2C225&ssl=1)