कपुरि क सम्वाददाता; क्यानबेरा :- क्यानबेरा नेपलिज फुटबल क्लबको गाला डीनर कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । २०१४ सालमा बिधिवत दर्ता भएको क्लबका संस्थापक अध्यक्ष डा दुर्गा दत्त कणेल हुन् । क्लबले फुटबल खेल्ने मात्रै नभएर समाजका हरेक दुःख सुखमा समाजसंग हातेमालो गर्दै आएको छ । देशमा गएको भुकम्पमा सहयोग गर्ने होस की तराइको बाढिमा हातेमालो होस । साथै नेपाली कला संस्कृतिको जगेनार्थ प्रत्येक बर्ष महिला दिदि बहिनिहरुको बिशेष चाड तिजमा पनि कार्यक्रम गर्दै आइरहेको कुरा क्लबले जनाएको छ ।
![[Tags] 87D49D09-8B68-4FE7-B77B-4883254520E3-300x200 सीएनएफसी गाला डीनर : उत्कृष्ट कार्यक्रम नौलो अभ्यास](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/87D49D09-8B68-4FE7-B77B-4883254520E3.jpeg?resize=300%2C200&ssl=1)
सांझ ६ बजेबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाली दुताबास उपनियोग प्रमुख श्री राजेन्द्र पाण्डे रहेका थीए भने अतिथीको रुपमा क्यानबेराका नेपाली फुटबल क्षेत्रको पुरानो नाम, राम्रो खेलाडी र अत्यन्तै सहयोगी भूमीका निर्वाह गरेका ब्यक्ति डा प्रमोद अधिकारी थीए । आतिथ्य सम्मान क्लबका संस्थापक अध्यक्ष डा दुर्गा दत्त कणेल र क्लबका बर्तमान अध्यक्ष चुडामणी सापकोटाले गरेका थीए ।
![[Tags] 87D49D09-8B68-4FE7-B77B-4883254520E3-300x200 सीएनएफसी गाला डीनर : उत्कृष्ट कार्यक्रम नौलो अभ्यास](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/762B9401-7CF1-4B6E-BE72-6F8CA43AC246.jpeg?resize=300%2C200&ssl=1)
त्यस्तै अन्य अतिथीहरुमा NRNA ACT का पूर्व अध्यक्ष यूवराज खनिया, वर्तमान सचिव बाबुराम पौडेल,
ANFS काअध्यक्ष जीवन राना र ANFS का पूर्व अध्यक्ष जा बिनोद नेपाल रहेका थीए ।
बिशेष गरि बर्षभरि गरिएका कार्यक्रमहरुका बारेमा जानकारिका साथै स्वागत गर्दै अध्यक्ष चुडामणी सापकोटाले सबै आर्थीक सहयोग गर्ने संघ संस्था र प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थीए । भने क्लबको स्थपना देखी हाल सम्मको जानकारि संस्थापक अध्यक्ष डा दुर्गा दत्त कणेलले गरेका थीए ।
अतिथीको बिशेष आसनबाट बोल्दै नेपाली दुताबास उप नियोग प्रमुख श्री राजेन्द्र पाण्डेले क्यानबेरामा पहिला र अहिले भएको प्रगतिमा खुसी ब्यक्त गरेका थीए । यसैगरि नेपाली समाजले बिभिन्न खेल र अन्य बौद्धिक क्षेत्रमा प्रगतिका लागी शुभकामना ब्यक्त गरेका थीए ।
क्लबले सिएनएफसी टाइम अवार्डबाट नेपाली समाजका अग्रज ब्यक्तित्व डा कृष्ण हमाल र डा प्रमोद अधिकारीलाई सम्मान गरेको थीयो भने
![[Tags] 87D49D09-8B68-4FE7-B77B-4883254520E3-300x200 सीएनएफसी गाला डीनर : उत्कृष्ट कार्यक्रम नौलो अभ्यास](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/3466BD6B-03D7-43E8-9804-73A753BF5C3E.jpeg?resize=300%2C200&ssl=1)
क्लबले बर्षभरि बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने संघ संस्थालाइ स्पोन्सर अवार्ड र स्वयंसेवकहरुलाई मायाको चिनोले सम्मान गरेको थीयो भने लिग गेमको बिजयी सिभिक वारियरलाई ट्रफि प्रदान गरेको थीयो । क्लबका ब्यवस्थापक सुदिप क्षेत्री र क्याप्टेन रोशन केशीले ट्रफि उचालेका थीए । लिग गेमको उत्कृष्ठ खेलाडीको ट्रफि राहुल तामागंले उचाले भने सबै भन्दा धेरै गालकर्ताको ट्रफि ३ खेलमा ८ गाल गरेवापत मनोज गोपालीले उचाले । त्यस्तै CNFC Player of the year क्लवका सक्रिय सदस्य राजन अर्याललाई प्रदान गरेको थीयो भने Forever Young award मा सदाबहार खेलाडी र क्लवका अत्यन्त सहयोगी ब्यक्ति नविन दाहाललाई प्रदान गरेको थीयो ।
![[Tags] 87D49D09-8B68-4FE7-B77B-4883254520E3-300x200 सीएनएफसी गाला डीनर : उत्कृष्ट कार्यक्रम नौलो अभ्यास](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/29AD7580-E8AC-4C86-BC1F-32E6CC03ADAB.jpeg?resize=300%2C200&ssl=1)
कार्यक्रममा सुजा गौतम, सुभेक्षा देवकोटा, संझना सापकोटा र दीपक हमालको नृत्यले सांझ रंगीन बनेको थीयो भने साबित्री पाण्डेको मीठो गीतले कार्यक्रम थप रमाइलो बनेको थीयो । कार्यक्रममा ब्यवस्थापकिय जिम्मेवारि नविन दाहालले गरेका थीए भने थप सहयोग आशीष सापकोटाले गरेका थीए । कार्यक्रम 1 Randwick rd Lyneham Thoroughbred Park Function & Convention Centre मा भएको थीयो भने कार्यक्रम बिनायक अधिकारी र मनिषा भण्डारिले संचालन गरेका थीए ।
५ फेब्रुवरि २०१८
फोटो : मेरो चित्र