कपुरि क सम्वाददाता: क्यानबेरा:- क्यानबेरामा यस बर्षको होली बिशेष हुने भएको छ । बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आएको गौली इभेन्ट म्यानेजमेन्टले यो अवसर जुराइदिएको हो । फागु पूर्णीमाको अवसर पारेर रंग संगै नेपाली स्थापित गायक गायीका दीपक बज्राचार्य, इन्दिरा जोशी र गीरिस खतिवडाले गीत संगीतमा झुमाउनेछन् भने डान्स ग्रुप कार्टून क्रुले नृत्य वाट मनोरन्जन दिनेछन् । कार्यक्रममा गीत संगीत संगै नेपाली खानाको परिकार पनि हुनेछ ।
कार्यक्रम Saturday 3 March 2018 का दिन Thoroughbred Park, 1 Randwick rd, Lyneham मा बिहान 11am- 6 pm सम्म हुने कुरा गौली इभेन्ट एण्ड म्यानेजमेन्टले जनाएको छ ।
![[Tags] E952793E-4E2C-40C3-A6A2-510CFDBBE21E-200x300 फागुको रंगमा संगीत समीश्रण](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/E952793E-4E2C-40C3-A6A2-510CFDBBE21E.jpeg?resize=200%2C300&ssl=1)
९ फेब्रुवरि २०१८ मा प्रकाशित
Total Page Visits: 2850 - Today Page Visits: 1