क्यान्बेरा १२ February २०१८
मानानीय अर्थ राज्य मन्त्री उदय सम्शेर राणा को नेत्रित्वमा अष्ट्रेलिया भ्रमणमा आएको अर्थ मन्त्रालयको टोलिसँग गैर आबसिय नेपाली संघ ACT राज्य समितिको आयोजनामा नेपाली दुताबास क्यान्बेराको पारिसरमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। भ्रमण दलमा रहनु भएका अर्थ मन्त्रालयका सह सचिब डा. बासुदेब पौडेलले नेपालमा बैदेशिक लगानी प्रबर्धनको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थीए ।![[Tags] 98E244F1-D969-49B9-8F52-66C78E30616F-300x225 मातृभूमीका लागी लगानी गर्न अर्थ राज्य मंन्री राणाको आग्रह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/98E244F1-D969-49B9-8F52-66C78E30616F.jpeg?resize=300%2C225&ssl=1)
उक्त कार्यपत्रमा डा. पौडेलले हालसालै नेपाल सरकारबाट गरिएका निती नियम परिमार्जनले नेपालमा बैदेशिक लगानीको लागि निकै सहज बातावरण बनाएको तर्क गरे।उनले नेपाल सरकारले जलबिद्ध्युत, पर्यटन, कृषि तथा उध्योग ब्यापार क्षेत्रलाई नेपालमा बैदेशिक लगानिको प्राथमिकता क्षेत्र तोकिएको प्रसँग उल्लेख गरे। उपरोक्त अन्तर्कृया कार्यक्रमलाई गैर आबसिय नेपाली संघ ACT राज्य समितिले कार्यपत्र प्रस्तुती शत्र र प्रस्नोत्तर शत्र गरी दुई शत्रमा बिभाजन गरी कार्यक्रमलाई ब्यबस्थापना गरेको थियो। कार्यक्रममा क्यान्बेरा क्षेत्रमा बसोबास गर्ने बिभिन्न पेशामा कार्यरत नेपाली मुलका ब्यक्तित्वहरु, विद्यार्थी, ब्यपारि तथा अभिभाबकहरु गरी ८० जनाको शहभागीता रहेको थियो।
![[Tags] 98E244F1-D969-49B9-8F52-66C78E30616F-300x225 मातृभूमीका लागी लगानी गर्न अर्थ राज्य मंन्री राणाको आग्रह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/0FA7259B-D812-4E2B-AE05-F84E01266174.jpeg?resize=300%2C225&ssl=1)
प्रस्नोत्तर शत्रमा डा. होम मुर्ती पन्त, डा. सीतराम घिमिरे, डा. सन्तोष अर्याल, डा. कृष्ण हमाल लगायत विद्यार्थी, अभिभाबक र अन्य बौद्धिक ब्यक्तित्वहरुले लगानिको प्राथमिकता क्षेत्रमा भएका परिवर्तन, लगानिमा bureaucratic ब्यबधान, मुनाफा स्थानन्तरण, बैदेशिक लगानी कर्ताको लागि हुन सक्ने दोहोरो कर दायित्व जस्ता बिषयमा भ्रमण टोलिसँग ब्रिहत छलफल भएको थियो। कार्यक्रमलाई महामहिम राजादूत लक्की शेर्पाको पनि सम्बोधन भएको थियो। सम्पूर्ण प्रश्न कर्ताहरुलाई सम्बोधन गर्दै मानानीय अर्थ राज्य मन्त्री उदय सम्शेर राणाले अबका दिनमा बैदेशिक लगानी नेपाललाइ अतन्त आबस्यक रेहेको उल्लेख गर्दै गैर आबसिय नेपालीले आफ्नो मातृभूमीका लागि लगानी गरिदिन अनुरोध गरे । उक्त कार्यक्रमको सभाप्तित्व गैर आबसिय नेपाली संघ ACT राज्य समितिका सम्योजक राजन ढुङेलले गरेका थीए भने कार्यक्रमको सन्चालन समितिका सचिब बाबुराम पौडेलले गरेका थीए ।
![[Tags] 98E244F1-D969-49B9-8F52-66C78E30616F-300x225 मातृभूमीका लागी लगानी गर्न अर्थ राज्य मंन्री राणाको आग्रह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/02/8629F8C2-92AB-4443-ACBF-E61742D60A24-300x225.jpeg?resize=300%2C225&ssl=1)