बिदेश पसेका नेपालीहरु मा दोश्रो पुस्तामा आफ्नो भाषा संस्कृति कसरि जोगाउने भन्ने सबैका चुनौतीका बीच अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्ने १२ बर्षिय गायिका आयुस्का खनियाले एक पछि अर्को मन छुने गीत गाउदै सबैको मन जितेकी छन् । सानै उमेरबाट गायन प्रति रुची देखाउदै आएकी आयुस्काले गएका अघिल्ला केहि गीतहरु सुनेपछि उनलाई सोलो गीत कहिले आउँछ भन्ने धेरैले प्रश्न गर्ने गर्थे र अहिले सबै आफ्ना शुभचिन्तकहरुका लागि म्युजिक भीडीयो सहितको “यो मनले के भन्छ” भन्ने गीत स्किम्स क्रीयेसनको ब्यानरमा उनले सार्बजनिक भएको छ ।
१० वर्षको सानो उमेर मै लोकप्रिय संगीतकार तथा गायक अल्मोडा राना उप्रेती संग “जुन त लग्यो तारा ले” बोलको गीत गएकी आयुस्काले ११ वर्षको उमेरमा “मै छोरि सुन्दरी” को रिमिक्स गीत गाएर चर्चित बनेकी थिइन् ।
हालै सार्बजनिक भेएको उनको गीतमा शब्द – संगीत गायक संजीव सिंहको रहेको छ भने एरेन्जर सुदिप सिंह हुन् यस गीतलाई सुरज लाल जोशीले रेकर्ड गरेका थिए । सबिन किशोर मैनालीले निर्देशन गरेको यस गीतको म्युजिक भीडीयोमा क्यानबेराको रमणीय दृश्यहरु समेटिएका छन् भने गीतमा शिव दर्संधारी र सबिता बाँस्तोला सब्बुको जिबन्त अभिनय देख्न पाइन्छ । यो म्युजिक भीडीयो युट्युबमा स्किम्स क्रीयेसन (skimscreation) को च्यानलबाट हेर्न सकिन्छ । संगीत बाहेक खेलकूदमा पनि उतिकै रुचि भएकी आयुस्काले आगामी दिनमा अजै नयाँ गीतहरु लिएर आफुलाई माया गर्ने सबै दर्शक र श्रोता समक्ष छिट्टैआउने कुरा बताइन ।

https://youtu.be/f9qZeNb6vPc

Total Page Visits: - Today Page Visits:
Shares