अष्ट्रोलियाको राजधानि अस्ट्रेलियन क्यापिटल टेरोटेरी (एसिटी)को संसद्ले त्यहाँ गाँजा उमार्न र लिएर हिँड्न गैरकानूनी नहुने गरी विधेयक पारित गरेको छ। बुधवार उक्त विधेयक पारित भए पनि तत्काल उक्त कानून लागू भने हुने छैन। राज्यका स्वास्थ्य मन्त्रीले हस्ताक्षर गरेपछि मात्र उक्त नयाँ कानूनले काम गर्ने बाटो खुल्ने छ।
अब क्यानबेरा लगायत एसिटीभर १८ वर्ष माथिका मानिसहरूले ५० ग्रामसम्मको गाँजा बोकेर हिँड्न सकिने छ।
साथै, एसिटीका बासिन्दाहरूले दुईवटासम्म गाँजाका बिरुवा आफ्नो घरमा उमार्न सक्नेछन्।
पेट्टरसनद्वारा प्रस्तावित विधेयक परिमार्जन गर्ने क्रममा गाँजालाई बालबालिकाहरूको पहुँच हुने स्थानमा राखिन नहुने, बालबालिकाहरूको नगिचै गाँजाको सेवन गरिन नहुने, सामुदायिक बाग-बगैँचामा गाँजा उमार्न वा खेती गर्न नपाइने
एसिटी राज्य संसद्मा विपक्षीको भूमिका निभाइरहेको रहेको लिबरल पार्टीले भने उक्त विधेयक थप परिमार्जनहरू बिनै पारित भए यसले समाजमा विसङ्गतिहरू निम्त्याउने बताएको थियो।
तर, राज्य सरकारका तर्फबाट राज्यको विधानसभालाई सम्बोधन गर्ने क्रममा महान्यायाधिवक्ता गर्डन राम्सीले लागु औषधको लतलाई स्वास्थ्य समस्याको रूपमा हेरिनु पर्नेमा जोड दिए।
फोटो : गुगल