बिनायक अधिकारी
हरेक बर्ष आउने नेपालीहरुको बिशेष चाड तिहारमा खेलिने देउसी भैलो क्यानबेरामा पनि खेलिने भएको छ ।
देउसी भैलोका केहि पौराणिक कुराहरु छन् । श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेकाथिए । देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे ,देउसी” भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। त्यस्तै दानि बलिराजाको कुरा पनि जोडीएको छ।त्यसैले गीतमा बलि राजाको कुरा उठेका छन् ।
क्यानबेरामा यसबर्ष अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटि (ANFS) र क्यानबेरा नेपलिज फुटवल क्लव (CNFC) ले आआफनै तरिकाले देउसी खेल्ने भएका छन् । एएनएफएसले बार्षिक क्यालेण्डरको रुपमा देउसी खेलिरहेको छ भने सिएनएफसिले पनि केहि बर्षदेखि देउसी खेल्दै आइरहेको छ । संस्कृति जोगाउने र परम्परा धान्ने दुबै संस्थाका ध्येय रहेपनि तक संयुक्त रुपमा नखेलि आआफनै तरिकाले खेलिएकोमा भने सबैको बुझाइ फरक छ । तर जे होस बिदेशमा रहेर पनि नेपाली कला संस्कृति जोगाउने दुबै संस्थाहरुको पहल कदमी स्वागत योग्य छ । एएनएफएसले ऑंउदो शुक्रवार २५ तारिखका दिन र सिएनएफसिले २६ तारिख सनिबारका दिन देउसी भैलो खेलिने जनाएको छ । थप जानकारि तलका पोष्टरमा रहेको छ ।
![[Tags] A7412A53-1FA7-47FB-81FA-5E4B6C224419 क्यानबेरामा देउसी भैलोको रौनक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/A7412A53-1FA7-47FB-81FA-5E4B6C224419.jpeg?resize=640%2C960&ssl=1)
![[Tags] A7412A53-1FA7-47FB-81FA-5E4B6C224419 क्यानबेरामा देउसी भैलोको रौनक ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/3F286D19-3650-47F0-A9CA-81A985C2BAAD.jpeg?resize=640%2C453&ssl=1)