एनआरएन एसीटिले हरेक बर्ष गर्दै आइरहेको अभीभावक सम्मान कार्यक्रम यस बर्ष पनि गर्ने भएको छ ।
नेपाल देखि अष्ट्रेलिया पाल्नुभएका तथा लामो समय देखि अष्ट्रेलिया बस्दै आऊनुभएका आदरणीय बुवा-आमा प्रति लक्षित गर्दै एनआरएनए एसिटिले सम्मान संगै बनभोज कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
साथै सोहि दिन अष्ट्रेलियाकालागी नब नियुक्त नेपाली राजदूत महेशराज दाहालको स्वागत कार्यक्रम पनि सोहि दिन गर्ने कुरा संस्थाका क्यानबेरा संयोजक चुडामणी सापकोटाले बताउनुभयो ।
आगामी डिसेम्बर ७ शनिवारका दिन यारबी पोण्ड गंगालिनमा बिहान ११ देखि प्रात ४ बजे सम्म हुने कार्यक्रममा क्यानबेरा तथा क्विनबियन क्षेत्रमा रहनुभएका बिशेषगरि बुवा आमा सहित सम्पूर्ण नेपाली दाजु-भाई, दिदि-बहिनिहरु पनि हाम्रो यस कार्यक्रममा सहभागी हुन संस्थाले अनुरोध गरेको छ ।
![[Tags] 575C8C47-EB2A-4EC0-A712-8F088E902961-1024x600 एनआरएनए एसिटिले अभीभावक सम्मान कार्यक्रम गर्ने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/11/575C8C47-EB2A-4EC0-A712-8F088E902961.jpeg?resize=640%2C375&ssl=1)