बिनायक अधिकारी

अष्ट्रेलियाको राजधानी क्यानबेराको पुरानो संस्था अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटिले प्रत्येक बर्ष गर्दै आएको चंगा चेट कार्यक्रम यस बर्ष पनि हुने भएको छ ।
बिशेष गरेर बालबालिका लक्षित कार्यक्रम चंगाचेटमा बालबालिकाहरु चंगा उडाएर रमाइलो गर्ने गर्दछन् भने संगै अभीभावक तथा बालबालिकाहरु बारबिक्यू गरेर रमाइलो गर्ने गरिन्छ ।
यसबर्ष नयॉं राजदूतको आगमन रहेको हुनाले पनि चंगा चेट संगै राजदुतको स्वागत कार्यक्रम पनि रहेको छ । कार्यक्रम डिसेम्बर १ आइतबार दिनको १ बजेबाट सॉंझ ६ बजेसम्म स्ट्रोमोलो फरेष्ट पार्कमा हुने भएको छ । कार्यक्रममा क्यानबेरा तथा क्विनबियन क्षेत्रका नेपालीहरुलाइ आफना बालबालिकाहरुलाइ चंगा सहित उपस्थित गराइदिनुहुन संस्थाका अध्यक्ष खुश्बु नेउपानेले अनुरोध गर्नुभएको छ ।

Total Page Visits: 1668 - Today Page Visits: 1
Shares