नेपाली दुताबास क्यानबेराले भिजिट नेपाल २०२० प्रवर्धन गर्ने उद्धेश्यका साथ स्थानिय संघ संस्थाहरुसंग सरकार्य सुरु गरेको छ । अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश राज दाहालको निमन्त्रणामा बसेको बैठकमा क्यानबेरामा २०२० को फेब्रुवरि २१, २२ र २३ मा हुने बहुसॉंस्कृति मेला कसरि प्रभावकारि बनाउन सकिन्छ र भिजिट नेपाल २०२० लाइ कसरि अष्ट्रेलियाका जनता सामु पुर्याउन सकिन्छ भन्ने बारेमा सर सल्लाह भएको थियो । बहुसॉंस्कृतिक मेलामा नेपाली दुताबासको स्टल पनि रहने हुनाले स्टलबाट के कस्ता प्रचार सामाग्री जानकारि मुलक हुन् सक्छन् र कसरि मानिसहरुले जानकारि पाउन सक्छन् भन्ने बारेमा उपस्थित सबैले आआफनो राय प्रस्तुत गर्नुभएको थियो । बैठकले स्थानिय संघ संस्थाहरुसंग समन्वय गरि बिभिन्न जिम्मेबारि समेत दिइएको छ ।
![[Tags] C049429D-511E-4EC5-B4B9-8C217C9DB17E-1024x484 नेपाली दुताबास क्यानबेराद्वारा पर्यटन प्रवर्धन गर्न तयारि सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/11/C049429D-511E-4EC5-B4B9-8C217C9DB17E.jpeg?resize=640%2C303&ssl=1)
बैठकमा उप नियोग प्रमुख दुरपदा सापकोटा, द्धितिय सचिव निर्मल भट्टराइ र तृतीय सचिव यादव कोइराला सहित एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा, उप संयोजक अशोक बस्नेत, सचिव बिनायक अधिकारी, यूवा संयोजक चन्द्र तिवारी पूर्व एनआरएनए उपाध्यक्ष राजन ढुंगेल, एएनएफएसका अध्यक्ष खुश्बु नेउपाने पूर्व अध्यक्ष जीवन राना, सिएनएफसीका अध्यक्ष आशीष सापकोटा, ओसियाना स्पोर्ट्स मिटका संयोजक डा दुर्गादत्त कणेंल, कला संस्कृति क्यानबेराका अध्यक्ष दिपक हमाल र संचारकर्मी प्रदीप तिमील्सीनाको उपस्थिति रहेको थियो ।