बिनायक अधिकारी

एनएसडब्लु राज्यमा लागेको डंढेलो बढ्दै गएर क्यानबेरा नजिकका क्षेत्रमा पनि आइपुगेको छ र यो क्रम सनिबार अझै बढ्ने देखिएको छ । यतिबेला क्यानबेरा पुरै धुवॉंले ढाकिएको छ । धुबॉंले गर्दा बाटोमा सबैको साधन चलॉंउदा असहज भएको छ भने स्वास प्रस्वासमा झनै समस्या देखिएको छ । ऑंखा पोलेर हेर्न पनि गार्हो हुने भएको छ ।

यस्तो अवस्थामा सकेसम्म बाहिर नजाने, घरका झ्यालढोका नखोल्ने । एअर कन्डिसनलाइ बाहिरको हावा बन्द गरि घर भीत्रको हावा घुमाउने । बाल बच्चाहरुलाइ बिशेष ध्यान दिने कार्यलाइ बिशेष ध्यान पुर्याउन पर्ने आवस्यकता देखिन्छ ।

क्यानबेरालाइ “स्टेट अफ अलर्ट” का रुपमा घोषणा गर्दै कार्यवाहक मुख्यमन्त्री यवेट्टी बेरीले सरकारले विशेष गरी शनिबार आगोको डरलाग्दो खतराको आधारमा बढेको आपतकालीन प्रतिक्रियाको पहल गरिसकेको जानकारि दिनुभएको छ ।

क्यानबेरा राज्यले ऑंउदो शनिवार तापक्रम अझै बढ्ने र हावाको बेग पनि परिवर्तन भइ बढ्ने हुनाले पनि क्यानबेरा क्षेत्रमा रहेका सबैलाइ तत्कालीन परिस्थितिमा हुनसक्ने जोखिमलाइ मध्यनजर गर्दै आवस्यक तयारि अवस्थामा रहन सबैमा अनुरोध गरेको छ । शनिवारको साँझ भन्दा पहिले कुनै पनि वर्षा हुने कुनै छॉंटकाट नदेखिएकोले पनि धुनों र अन्य समस्या हुने देखिएको छ ।

फोटो :गुगल

Total Page Visits: 1623 - Today Page Visits: 2
Shares