क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरामा सम्पन्न एकदिने भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवले जितेको छ । क्यानबेरामा रहेका नेपालिहरुबिच खेलप्रतिको मोह जारी राख्न, भाइचारा कायम राख्न र स्वस्थ्य सरिरका लागी खेल आवस्यक रहेको स्मरण गर्दा उक्त खेल आयोजना गरिएको थियो । खेल लिग चरण हुदै सबैभन्दा बढि अंक ल्याउने दुइ टिम फाइनलमा पुगेका थिंए ।
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/EBEB4766-CFBA-43EE-8C55-4E89F380E728.jpeg?resize=640%2C480&ssl=1)
धोलागीरि, माछापुच्छ्रे, अन्नपूर्ण र सगरमाथा गरि चार टिम सहभागी भएको लिग खेलमा सबैभन्दा बढि अंक हासिल गर्दै टिम अन्नपूर्ण र सगरमाथा फाइलनमा पुगेका थिए । बेष्ट अफ फाइभमा खेलाइएको फाइनल खेल दुबै टिमले दुइ दुइ सेट जित्दै पॉंचौं सेटमा प्रबेस गर्दा झनै रोमान्चक बनेको थियो । पॉंचौं सेटमा टिम अन्नपूर्णा जित निकाल्दै उपाधि चुम्न सफल भएको हो । खेलमा बेष्ट प्लेयरको उपाधि सगरमाथा टिमबाट जिवन बखुन्चेले हात पार्नु भएको हो भने बेष्ट तथा फेयर प्लेयरको उपाधि बिजयी अन्नपूर्ण टिमका कप्तान बिनायक अधिकारीले हात पार्नु भएको हो । क्लवले सबै सहयोगी संघ संस्थाहरुलाइ मायाको चिनो प्रदान गरेको थियो ।
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/1C0860AD-AA21-414D-8356-F77516055D38.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/7B74EC60-DAF5-450A-9170-D07263F236D6.jpeg?resize=640%2C480&ssl=1)
खेलमा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियाका लागी नेपाली राजदुत महेशराज दाहाल र समाजसेबि डा कृष्ण हमाल रहनुभएको थियो । बिशेष अतिथिको रुपमा ओसियाना स्पोर्ट्स मिट २०२० का कोअर्डीनेटर डा दुर्गा दत्त कणेंल रहनुभएको थियो भने अतिथिका रुपमा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा, डा मरतराज पौडेल, राजन ढुंगेल, जीवन राना हुनुहुन्थ्यो ।
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/72D382E5-FF28-4B01-8594-975614B023F3.jpeg?resize=640%2C292&ssl=1)
पदक प्रदान गरिसकेपछि खेलका बारेमा बोल्दै प्रमुख अतिथि महेशराज दाहालले खेल हेरेर आफु खुसी रहेको बतॉंउदै दुताबासले सामाजिक क्रियाकलापमा सदैव सहयोग गर्ने बताउनुभएको थियो । त्यस्तै बिशेष अतिथि डा दुर्गा दत्त कणेंलले यसैगरि खेलमा निरन्तरता दिन र भोलिका दिनमा अझै राम्रो गरेर ओसियाना स्पोर्ट्स मिट २०२० मा आफनो साख जोगाउन आग्रह गर्नुभएको थियो ।
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/C556C231-A43F-4779-9866-6DCA0581D158.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/C69D0891-D8DF-40C9-B063-7A5DF17C471F.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/078BE207-EFDF-45D7-835D-549A5531C013.jpeg?resize=640%2C292&ssl=1)
![[Tags] 3AD0D4C6-32AF-4A08-AAD8-053C9A3698DA-1024x768 क्यानबेरा भलिवल लिगको उपाधि अन्नपूर्ण क्लवलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/02/832BDC0C-2415-46C7-B045-4E0D7C92DA5D.jpeg?resize=640%2C480&ssl=1)