बिनायक अधिकारी; क्यानबेरा ।
अष्ट्रेलियाका नेपालिहरु बिच दुइ दुइ बर्षमा हुने बिशेष खेलकुद ओसियाना स्पोर्ट्स मिट यो बर्ष राजधानि क्यानबेरामा अप्रिल १०-१३ गते हुन गइरहेका छ । अष्ट्रेलियाको बिभिन्न शहरमा हुदै आएको स्पोर्ट्स मिट यसपटक क्यानबेरामा हुन् लागेको हो । अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटिको संयोजनमा हुन् लागेको खेलकुद कार्यक्रममा एनआरएनए अष्ट्रेलिया सहित क्यानबेराका नेपलिज फुटवल क्लव, भलिवल क्लव र क्रिकेट क्लव सहित अन्य संघ संस्थाहरुले कार्यक्रम भब्य बनाउने प्रयासमा छन् । यसमा फुटवल, भलिवल क्रिकेट, गल्फ, टेनिस, लंग टेनिस, दौड, बास्केटबल सहित सबै खेलकुदहरु हुनेछन् भने त्यसमा ओसियाना मुलुकहरु अष्ट्रेलिया, न्यूजल्याण्ड र फिजिका नेपालीहरुले भाग लिनेछन् । बिशेषगरि अष्ट्रेलियाका सबै स्टेट र टेरोटरिबाट प्रायः सबै खेलकुदमा भाग लिनेछन् ।
![[Tags] 6893F8B7-77C8-4550-848E-E4E2082C85AF-1024x883 नेपालीहरुको मिनि ओलम्पिक क्यानबेरामा हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/03/6893F8B7-77C8-4550-848E-E4E2082C85AF-1024x883.jpeg?resize=640%2C552&ssl=1)
क्यानबेरामा पनि आयोजनाका लागी प्रयासहरु भइरहेका छन् । हल भाडामा लिने कार्य लगभग सकिएको छ भने प्रायोजक खोज्ने कार्य भइरहेको कुरा कार्यक्रम संयोजक डा दुर्गादत्त कणेंलले बताउनुभयो । क्यानबेरामा नेपालीहरुको संख्या अन्य स्टेटमा भन्दा कम भएको हुनाले बजार पनि सानो छ त्यसैले सिड्नि र मेलबर्नको तुलनामा यहॉं नेपालीहरुका ब्यवसाय थोरै छन् जसले गर्दा अन्य ठॉंउको तुलनामा यहॉं प्रायोजक पनि कम छन् । तर ओसियाना स्पोर्ट्स मिट अष्ट्रेलियाका सबै राज्यबाट सहभागी हुने हुनाले सिड्नि, मेलबर्न र अन्य ठॉंउमा प्रायोजक हरुले पनि सहयोग गर्ने अवसर रहेको छ ।
![[Tags] 6893F8B7-77C8-4550-848E-E4E2082C85AF-1024x883 नेपालीहरुको मिनि ओलम्पिक क्यानबेरामा हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/03/11BC2C18-1E7B-4FD3-BCB0-381BD4ABBE97.jpeg?resize=640%2C609&ssl=1)
आयोजक संस्था ओसियाना नेपाली स्पोर्ट्स मिटले सबै स्टेटका साथिहरुलाइ आफुले चाहेको खेलमा नाम दर्ता गर्न मार्च ७ गते सम्मको अन्तिम मिति तोकेको छ । कार्यक्रम नेपालीहरुका लागी मिनि ओलम्पिक जस्तै रहेको र यसका लागी आर्थिक तथा स्वयं सेवकका रुपमा धेरै सहयोग चाहिने हुनाले सबै नेपाली दाजुभाइ दिदि बहिनिहरुमा आफूले सकेको सहयोग गर्न संयोजक कणेंलले अनुरोध गर्नुभएको छ ।