क्यान्बेरा नेपालीज क्रीकेट क्लबको २०१९-२० बर्षको साधारण सभा अगस्त १ तारिक वेस्ट्रन क्रीक कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ। क्लबका निबर्तमान सचिब सुबर्ण कुंवरले सन्चालन गरेको सभाको सभापतित्व निबर्तमान अध्यक्ष कमल आचार्यले गरेका थिए। सभा क्लबका पन्जिकृत सदस्यहरुको उपस्थितिमा भएको थियो।
निबर्तमान सचिबले सभामा क्लबले गएको एक बर्षमा गरेका सम्पूर्ण गतिबिधिहरु समवेश गरिएको बार्षिक गतिबिधी प्रतिबेदन प्रस्तुत गरेका थिए । CCSCA लिग डिभिजन २ को उपाधी बिजय, चालिस भन्दा बडी खेलडिहरुको सम्लग्न्ता, पहिलो पटक CCSCA लिगमा दुइ टिमको अबधारणा र सहभगिता, लिगमा क्लबका केहि खेलडिहरुको उल्लेख्नीय व्यक्तिगत प्रदर्शन तथा क्यान्बेरा क्षेत्रका नेपालीहरुले क्लब प्रती देखाएको बड्दो सहयोग र आकर्षण क्लबको सबल पक्ष र दुई टिम ब्यबस्थपनमा कम्जोरी र खेलाडिहरुलाई उचित र समय सपेक्ष अवसर प्रधान गर्न नसक्नुलाई कम्जोरिको रुपमा प्रस्तुत गरिएको थियो। क्लबका निबर्तमन कोसाध्यक्ष सहिल श्रेष्ठले बार्षिक आय-ब्यय बिबरण सभामा प्रस्तुत गरेका थिए । गएको बर्ष क्लबले हालसम्मकै सर्भाधिक $२२,७५५ डलर अर्थ संकलन गर्न सफल भएको र संकलित रकममा सम्पूर्ण खर्च कटएर पनि अझै लगभग $४००० डलर संचित रहेकोले क्लब आर्थिक रुपमा सबल रहेको कुरा आर्थिक प्रतिबेदनमा उल्लेख थियो । दफावार छलफल पछी दुबै प्रतिबेदनहरु सभाले सर्बसम्मत पारित गरेको थियो।
साधारण सभाले यम प्रसाइको अध्यक्षतामा नयाँ कार्यकारी समितीको चयन गरेको छ । समितिको उपाध्यक्षमा अजय लामा, सचिबमा रोहित रानाभाट, क्लब बिकास व्यबस्थापकमा सफल घिमिरे र सदस्यहरुमा असिम सुबेदी, बिनय कार्की,सुबर्ण कुंवर, सहिल श्रेष्ठ, समिर अधिकारी र राजु अधिकारी सर्बसम्मत चयन भएका छन । केही रिक्त रहेको पदहरुलाई नयाँ कार्य समितिले चाँडैनै पूर्णता दिने छ । सभामा उपस्थित सद्स्यहरुलाई सम्बोधन गर्दै निबर्तमान अध्यक्ष कमल आचार्यले क्लबका खेलडिहरु, समर्थकहरु र ब्यापारिक सझेदारहरुलाई धन्यवाद दिएका थिए । आचार्यले आफ्नो निबर्तमान कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई बिगत एक बर्षको सहकार्य र कार्यकुशलताको लागि बधाई दिनुका साथै नयाँ कार्यसमितिलाई सफल कार्यकलको शुभकामना दिनुभयो । सभालाई सम्बोधन गर्दै नबनियुक्त अध्यक्ष प्रसाइले क्लबले बिगतका कमी कमजोरिहरुलाई सुधारदै क्यान्बेरा क्षेत्रमा नेपालीहरुको क्रीकेट मोहलाई समेटेर जाने साथै क्यान्बेरामा बड्दो नेपाली खेलडिहरुको सँख्यालाई मध्यनजर गर्दै अन्य नेपाली क्रीकेट टिमहरुको स्थापना गरेर आफ्नै लिग संचालन गर्न तिर क्लब उन्मुख रहने जानकारी दिनु भयो ।