बिनायक अधिकारी; क्यानबेरा ।
क्यानबेरा नेपलिज फुटवल क्लवले सुरज पौडेलको नेतृत्वमा एक बर्षका लागी
नयॉं समूह चयन गरेको छ । ८ अगष्ट २०२० का दिन क्यानबेरा राज्यको यारवी पोण्डमा भएको भेलाले उक्त समिति चयन गरेको हो । समूहको उपाध्यक्षमा सूर्य सॉंखी, सचिवमा किरण अधिकारी, कोषाध्यक्षमा अमुल केसी, जनसम्पर्क अधिकृतमा प्रल्हाद अर्याल र
सदस्यहरुमा आलोक भट्ट, शास्वत श्रेष्ठ, आकाश राउत, र
अच्युत रहनुभएको छ ।साथै समूहले टिम कोचमा आभाष थापा,
टिम कप्तानमा सुमिन भट्टराइ र उप कप्तानमा निराजन प्रधान
लाइ चयन गरेको छ ।
संस्थाका नव निर्वाचित अध्यक्ष सुरज पौडेलले मेरो कपुरी क संगको
कुराकानिमा आफनो कार्यकालमा सहयोगी संस्थाहरुलाई सक्दो
फाइदा हुने गरी कार्यक्रम ल्याउने। क्लवले लिग को शुरुवात पहीलेनै
भैसकेको हुदा त्यसमा केही सुधार गरी निरन्तरता दीने आफनो योजना
रहेको बताउनु भएको छ ।
क्लवलाइ सुरुवातका दिनदेखिनै आर्थीक सहयोग गर्ने संघसंस्थाहरु नै
क्लवका अन्नदाता भएकोले मासिक/ त्रैमासिक उनीहरुको
प्रचार प्रसारमा लाग्ने क्लवको योजना रहेको छ ।
हाल क्यानबेरामा अन्य स्टेट तथा टेरोटरिबाट आउने खेलाडीको संख्या वढेसगै क्लवको संख्या पनी वढेको छ । सिएनएफसि क्यानबेराको पुरानो क्लवको नाताले अरुलाई अगाडी वढन आवश्यक सहयोग गर्ने योजना रहेको छ ।
अष्ट्रेलियामा नेपालीहरुको आगमन बढे संगै सबै प्रदेशहरुले बिभिन्न समयमा फुटवल खेल आयोजना गर्ने गरेको छन् । तसर्थ सिएनएफसि पनि अन्तर प्रदेश खेल खेलाउने र खेल्नजाने गरिरहेको र त्यसलाइ निरन्तरता दिने बताउनु भयो ।
क्यानबेरामै अन्य समुदायका धेरै खेलाडीहरु रहेको हुदॉं अन्तरजातिय
एकदिवसीय तथा लिग खेल गर्ने लगाएतका कार्यहरु गर्न प्रयास
रहने कुरा जानकारी दिनुभएको छ । मेरो कपुरी क बाटयहॉंहरु
सबैलाइ बधाइ तथा शुभकामना ।
![[Tags] F574585A-7AA3-4F95-8532-A4AC8C578631 फुटवल क्लवको नेतृत्वमा सुरज पौडेल। नयॉं योजनाका साथ क्लवलाइ अघि बढाउने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/08/F574585A-7AA3-4F95-8532-A4AC8C578631.jpeg?resize=480%2C360&ssl=1)
![[Tags] F574585A-7AA3-4F95-8532-A4AC8C578631 फुटवल क्लवको नेतृत्वमा सुरज पौडेल। नयॉं योजनाका साथ क्लवलाइ अघि बढाउने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/08/B7F8DAC4-5398-475A-B96B-8C45B2108C10.jpeg?resize=480%2C360&ssl=1)