बिनायक अधिकारी ; क्यानबेरा ।
क्यानबेरा/क्विनबियन क्षेत्रमा हाल नेपालीहरुको संख्या बढ्दो छ । पि.आर को सहजता संगै नेपालबाट आउने बिध्यार्थी र अन्य राज्यबाट आउने बिध्यार्थी तथा अन्य नेपालीहरुको संख्या बढ्ने क्रम जारी रहेको छ । यसै बढ्दै गरेको नेपाली समाज र नेपाली खेलाडीहरुलाइ मध्य नज़र गर्दै क्यानबेरालाइ क्रिकेट प्रेमीको राज्य बनाउने र नेपाली क्रिकेटर लाई निखार्दै क्यानबेरामा हुने बिभिन्न लिग र एकदिवसीय क्रिकेटमा सहभागी गराउने उद्धेश्य क्लवको रहेको छ । नेपालीको क्रिकेट प्रतीको कौशलतालाइ क्यानबेरामा रहेका बिभिन्न बहुसॉंस्कृतिक समुदाय माझ चिनाउने उदेस्यले बि. एन. सी.सीको आवश्यकता महसुस भइ आफैंले अग्रसर लिएर क्लव खेलेको कुरा क्लवका अध्यक्ष तथा नेपालका पुर्ब राष्ट्रीय क्रिकेट खेलाडी प्रेम चौधरीले बताउनुभयो ।
साथै क्यानबेरामा छरियर रहेका कुनैपनि क्रिकेट खेल प्रति झुकाव रहेका खेलबाट बन्चित हुन् नपरोस भन्ने हेतुले बि. एन सी.सीको गठन भएको कुरा पनि अध्यक्ष चौधरीले बताउनुभयो ।
क्रिकेट अन्य खेलभन्दा महंगो खेल हो । क्लवको २०२०/२०२१ मा CCSCA लिग र एउटा टी-२० खेल्ने चाहना राखेको हुनाले आवस्यक बजेट स्पोन्सर र खेलाडीबाट संकलन गर्ने जानकारि क्लवले दिएको छ । हाल सम्म कलबमा २५ जना खेलाडी दर्ता भइसकेका छन् । क्लव १३ अगष्ट २०२० मा इनकरपोरेट एसोसिएशन अन्तर्गत एक्सेस क्यानबेरा मा दर्ता भएको छ ।
बि.एन.सि क्लवको गोल्ड स्पोन्सरको रुपमा आर.के होम रहेको छ ।
क्लवको नव गठित समिति तल उल्लेखित रहेको छ ।
सल्लाहकार: डा. कृष्ण हमाल
अध्यक्ष : प्रेम राज चौधरी
उपाध्यक्ष: बिकल साही
सचिब: अर्जुन ज्ञवाली
जन सम्पर्क अधिकृत : कर्मा लामा
कोषाध्यक्ष: गोबिन्द खरेल
सदस्य:
सुदीप दाहल , युबी बराल, बसन्त भट्ट र ललित मल्ल।
टीम मेनोजर: कृष्ण सुबेदी
कप्तान : अर्जुन के.सी
उप कप्तान : सन्जय भट्ट ।
क्लवले क्रिकेट खेल्न इच्छुक अथवा कल्ब मा जोडीन चाहने ब्यक्तिहरुलाइ निम्न फोन नम्बरमा सम्पर्क गर्न क्लवले अनुरोध गरेको छ ।
Prem Chaudhary: 0450833151
Arjun K.C : 0466565008
![[Tags] AA20DDFD-3F47-456F-BB68-30037861DED4-1024x576 क्यानबेरामा बुद्ध नेप्लिज क्रिकेट कल्वको गठन । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी प्रेम चौधरी अध्यक्ष ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/09/AA20DDFD-3F47-456F-BB68-30037861DED4.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] AA20DDFD-3F47-456F-BB68-30037861DED4-1024x576 क्यानबेरामा बुद्ध नेप्लिज क्रिकेट कल्वको गठन । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी प्रेम चौधरी अध्यक्ष ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/09/4A9B0544-7443-45CA-AD42-1DD2D6B09F22.jpeg?resize=640%2C368&ssl=1)