बिनायक अधिकारी, क्यानबेरा ।
ओरिजिन इभेन्ट्सको आयोजनमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुन गइरहेको टी १० प्रतियोगितामा नेपाल लगाएत भारत सहित पाकिस्तानका चार टोलिले सहभागीता जनाउने भएका छन् । ओसियाना एजुकेशन एण्ड भीजा सर्भीसको मुख्य प्रायोजनमा हुन गइरहेको खेल सेप्टेम्वर २६ का दिन हुने जानकारी उक्त इभेन्ट्सका संयोजक सफल घिमिरेले दिनुभएको छ ।
उक्त खेलमा क्यानबेराका दुबै नेपाली क्रिकेट टिम क्यानबेरा नेपलिज क्रिकेट क्लव र बुद्ध नेपलिज क्रिकेट क्लव सहभागी हुनेछन् । सिएनसिसिको नेतृत्व आशीष देवकोटा र बिएनसिसिको नेतृत्व अर्जुन केसीले गर्ने जानकारी मेरो कपुरी कलाइ प्राप्त भएको छ । प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुले एचिभर्श पिटिइ र एसबिए मोर्गेज तथा सोलुसनबाट प्रत्येक गेममा एक पुरस्कार र जित्ने टिमलाइ $५०० क्यास, ट्रफि र प्रमाणपत्र दिने भएका छन् ।प्रतियोगिता एकदिने हुने भएकाले खेलमा उपस्थित भएर खेलाडीको हौसला प्रदान गरिदिन सबै क्यानबेरा तथा क्विनबियन बासीहरुलाइ आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रमको सह प्रायोजको रुपमा एचिभर्स पिटिइ क्यानबेरा सहित प्रायोजकहरुमा एम इन्ष्टिच्यूट हेल्थ एण्ड साइन्स, जानकी रिमुभल र एसबिए मोर्गेज सोलुसन रहेकी छन् । कार्यक्रम २६ तारिख सनिबारका दिन चापमान ओवलमा हुनेछ ।
![[Tags] 4CD66766-0B90-4440-B0B6-A69DB13265E8 टी १० क्रिकेटमा नेपाली टिम सहभागी हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/09/4CD66766-0B90-4440-B0B6-A69DB13265E8.jpeg?resize=640%2C358&ssl=1)
![[Tags] 4CD66766-0B90-4440-B0B6-A69DB13265E8 टी १० क्रिकेटमा नेपाली टिम सहभागी हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/09/5C774A51-0EE5-409C-BBA7-5A7983C62D0F.jpeg?resize=640%2C754&ssl=1)