बिनायक अधिकारी ; क्यानबेरा ।
रोएल नेपाल क्यानबेरा फुटबल क्लब ले क्यानबेराको यारालुम्ला पार्कमा २६ सेप्टेम्वर शनिवार खेलाडीहरुलाइ जर्सी हस्तान्तरण गरेको छ । अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम महेशराज दाहालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्यानबेराका अग्रजहरु डा कृष्ण हमाल, डा दुर्गादत्त कणेंल, राजन ढुंगेल सहित सनातन समाजका अध्यक्ष सन्तोष मल्लको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जर्सी हस्तान्तरण संगै मॉंयाको चिनो प्रदान गरिएको थियो भने प्रायोजकहरुलाइ सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बार्बिक्यु पनि गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष शुसील पोखरेलको अध्यक्षतामा भएको थियो ।
![[Tags] 38F9B86D-6622-4F51-A89C-725EFEE3C7D1-1024x683 फुटवल क्लवद्वारा खेलाडीलाइ जर्सी हस्तान्तरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/09/38F9B86D-6622-4F51-A89C-725EFEE3C7D1.jpeg?resize=640%2C427&ssl=1)
रोयल नेपाल क्यानबेरा फुटवल क्लबको कार्यसमितिमा अध्यक्ष सुशील पोख्रेल
उपाध्यक्ष अमर पौडेल
सचीव जेनिथ खड्का
सह सचिव सैलेन्द्र पौडेल रहेको जानकारी क्लवले दिएको छ
कार्यक्रमलाई ब्रिम्टा एजुकेशन एण्ड रिर्क्रुटमेन्ट सर्भिस क्यानबेराले प्रायोजन गरेको थियो भने सहयोगी संस्थाहरुमा अजी फाइनान्स एण्ड होम लोन, ग्लोवल ड्राइभीगं, नमस्ते इण्डियन रेष्टुरेन्ट र पारा होम्स रहेका छन् ।