बिनायक अधिकारी
बाले बिदेश नजा देशमा केहि गर भन्नुहुन्थ्यो
अनि कहिलेकॉंहि फेरि भन्नुहुन्थ्यो
देख्न त देश बिदेश सबै घुम्नुपर्छ
शुख दुख सबै चुम्नुपर्छ छोरो भएपछि
तर कहिल्यै भन्नुभएन बाहिरै जा अनि उतै घरजम गरेर बस ।
म जागिर खान काठमाडौंबाट पोखरा भासिदा
परिबारमा ऑंसुको भेलले पहिरो जाला जस्तै भएको थियो
धेरै टाढा होइन आइरहन्छ भनेर सबैले मन सम्हाल्नु भो
तर ३ दिनको छोरोले केहि बुझेन त्यसै रोयो
अनि म पनि उसैका ऑंसुमा केहि थोपा मिसॉंए र हिडें
आज यो बिदेश छु
कोहि आफना नभएर पनि सबै आफना लाग्छ
उ पनि नेपाली म पनि नेपाली
हामी सबै नेपाली
मनभरि नेपाली बोकेर हरियो राहदानि हेरेरै मर्ने मन हुदा हुदै
कालो राहदानिले मुटुमै ल्याप्चे मार्यो
ज्यान पाल्ने साहुको रोहबरमा मैले
हरियो पासपोर्ट त्यागेर कालोलाइ आफनो बनॉंए
म चाहन्छु मेरो मनमा हरियै पासपोर्टको हुलिया बसोस
हातमा कालो पासपोर्ट भएपनि
मलाइ गाइको दुध खाने छोडेर
गाइको मासु खानेहरुको आफनो बन्ने मन छदैं थिएन
मैले थुप्रैपटक आफुलाइ गाइकखानेहरुको नवन्नु भनेर सुझाएको हुँ
तर एउटा मनले भनेको कुरा अर्को मनले मान्दै मानेन अहं मानेन
एउटा आमाले हुर्काएको जिन्दगीमा अर्को आमाको छोरो हुँ भन्न गार्हो हुने रहेछ
सॉंच्चै त्यतिबेला मुटु कापेर सार्हो हुने रहेछ
बाध्यता र ब्यबहारिकताका परिभाषामा पासपोर्टको
नियम बनाउदै म हिजोआज कालोपासपोर्टबाट
बाध्यताको परिभाषा बनाउदै हरियो पासपोर्टलाइ
संझाइरहन्छु
अड्को पड्को तेलको धुप
भगवान केहि ग़लत भएं नावालक संझिएर माफि दिनु 🙏🙏