बिनायक अधिकारी ; क्यानबेरा ।
क्यानबेरामा यतिबेला एएनएफएसको चुनाबि दौरान सुरु भएको छ । क्यानबेराकै पुरानो नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको साधारण सभा सहितको दुइ बर्षे कलाकारका लागी पहिलोपटक नयॉं कार्य समिति छनोट हुदैछ । अक्टोवर १७ का दिन हुने oसाधारण सभामा बर्तमान अध्यक्ष खुश्बु नेउपानेको अध्यक्षतालाइ टुंग्याउदै नयॉं कार्यसमिति बन्ने छ । यसपटकको नयॉं कार्य समितिलाइ २०२० मा बिश्वब्यापी कोरोनाका कारण स्थगित गरेको ओसिनिया स्पोर्ट्स मिट सफल बनाउन पर्ने चुनौति पनि छ, भाषा पाठशालाइ निरन्तरता दिनुछ, क्यानबेरामा हुने बहुसॉंस्कृतिक कार्यक्रममा सहभागीता जनाउनु छ भने केहि नयॉं काम गरेर देखाउनु पर्ने अभीभारा पनि छदै छ ।
यसपटकको नेतृत्वका लागी बिशेषत यसै संस्थामा अघिल्ला बर्षहरुमा काम गरेर आफूलाइ समाजमा काम गर्न सकिन्छ भनेर देखाइसक्नु भएका कुमार सापकोटा र एएनएफएस, एनआरएनए दुबै संस्थामा काम गरेर सामाजिक कार्यमा सक्रिय आदर्शजंग पाण्डे रहनुभएको छ । दुबै नामहरु क्यानबेराले चिनेका नामहरु हुन । सापकोटा पेशाले रजिस्टर्ड नर्स हुनुहुन्छ भने पाण्डे कन्सल्टेंसी ब्यवसायी हुनुहुन्छ । दुबैजनाका आफना योजनाहरु प्रकाशन गरिसक्नु भएको छ ।
संस्थाका अन्य पदहरुमा केहि पुराना नामहरु छन् भने केहि नयॉं अनुहारहरु देखिएको छ । यससंगै उपसभापतिको रुपमा बिनोद घिमिरे र आशीष देवकोटाले उमेदवारि दर्ता गर्नुभएको छ भने सचिवमा आशीष देवकोटा र मोहित पन्त रहनुभएको छ । कोषाध्यक्षमा बिनोद उप्रेती र यूवराज पौडेलको उमेदवारि परेको छ भने सह-सचिवमा मिरा ढुगेंल, अमर पौडेल र अमृत पौडेलको नाम रहेको छ । जनसम्पर्क अधिकृतमा मिनु रानाले जित पक्का गर्नुभएको छ भने यूथ र स्टुडेन्ट कोअर्डीनेटरमा नविन पौडेल तथा बिनोद भण्डारीको नाम रहेको छ । कल्चरल कोअर्डीनेटरमा सबिना शर्मा थापाको एकल उमेदवारि परेको छ भने भाषा संयोजकमा महता घिमिरे चापागॉंइ र प्रदुम्न दाहाल उमेदवारि परेको छ । इभेन्ट्स कोअर्डीनेटरमा जीवन घिमिरेको एकल उमेदवारि परेको छ त्यस्तै स्पोर्ट्स कोअर्डीनेटरमा सुदिप दाहाल र सुबर्ण कुवँर रहनुभएको छ भने सदस्यहरुमा सुबर्ण कुवँर, बिवेक पौडेल, अमृत पौडेल, प्रतिभा श्रेष्ठ, मिरा ढुंगेल र सोभिया भण्डारी रहनु भएको छ ।
चुनाबी कार्यक्रम १७ अक्टुबरका दिन माउन्ट स्ट्रोमोलो स्कुल बाडिमारा स्ट्रिट वारामॉंगामा बिहान ८ देखि सॉंझ ४ बजे सम्म हुनेछ भने साधारणसभा ४ बजे पछि दुम मार्फत हुनेछ । बिधुतिय (इलेक्ट्रेनिक) भोटिगं हुने भएकाले सबैलाइ आफनो परिचय खुल्ने कागजातका साथ उपस्थित हुन अनुरोध गरिएको छ ।
![[Tags] 73115DF8-7A63-4072-888E-95DE1114763D एएनएफएसको चुनाबी माहौल । कसले मार्ला बाजी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/10/73115DF8-7A63-4072-888E-95DE1114763D.jpeg?resize=640%2C640&ssl=1)