बिनायक अधिकारी ; क्यानबेरा
क्यानबेरामा २०१७ बाट सुरु भएको नेपाली भलिवल क्लवले अन्तत दर्ता गरेर आफूलाइ आधिकारीक क्लवको रुपमा बाहिर आएको छ । “क्यानबेरा नेपलिज भलिवल क्लव” दर्ता भएसंगै क्लवले बारबिक्यू र जर्सी हस्तान्तरण कार्यक्रम राखेको थियो । क्लवलाइ एक्सपर्ट एजुकेशन तथा अजी फाइनान्स तथा होम लोनले यो बर्षको प्रायोजन गरेको छ । बारबिक्यू कार्यक्रमलाइ एजे क्लिनिगं तथा रिमुभलले सहयोग गरेको थियो ।
नेपालीहरुको महान चाड बड़ा दशैंको तथा दीपावलीको अवसर पारेर एकदिने भलिवल कार्यक्रम आयोजना गर्ने भएको छ । भलिवल खेलप्रति यूवाहरुको आकर्षण बढाउन तथा खेलाडीहरुको मनोवल उच्च बनाउन पनि यस्ता कार्यक्रमहरुको निरन्तरता दिइरहनु पर्ने हुन्छ । गतबर्ष सिल्ड र प्रमाणपत्र मात्रै प्रदान गरेको क्लवले यसपटक भने नगद पुरस्कार पनि प्रदान गर्ने कुरा क्लवका अध्यक्ष यूवराज खनियाले बताउनु भयो । खेलमा नेपाली टिम सहित भुटनिज टिमले पनि सहभागीता जनाउने छन् । खेललाइ एक्सपर्ट एजुकेशन तथा अजी फाइनान्सले प्रायोजन गर्नेछन् ।
खेल ७ नोभेम्वरका दिन एएनयू स्पोर्ट्स १७ नर्थ रोड एक्सनमा बिहान ८:३० देखि ३:३० सम्म हुनेछ । क्लवले प्रतियोगितामा भलिवल खेल प्रति इच्छुक हुने साथिहरुलाइ आफनो नाम दर्ता गर्नका लागी सम्पर्क गर्न अनुरोध गरेको छ ।
साथै क्लवले नयॉं कार्यसमिति पनि चयन गरेको छ । जसअनुसार
अध्यक्ष : यूवराज खनिया
सचिव : राजकुमार केसी
कोषाध्यक्ष : जीवन थापा
सदस्यहरु :
नवीन अधिकारी
ज्ञानेन्द्र थापा
अर्जुन केसी
मिसन थापा
टिम क्याप्टेन :
जीवन बखुन्छे
भीम क्षेत्री
सल्लाहकारहरु
कुमार केसी
सुरज पौडेल
दीपक हमाल
कुश पन्त
अविन प्याकुरेल