बिनायक अधिकारी; क्यानबेरा ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न तिहार कप भलिवलको उपाधि धौलागिरी क्लवले हात पारेको छ । फ़ाइलमा सगरमाथा क्लवसंग भिडेको धौलागिरी पहिलो सेटमा हार बेहोरेको थियो तर पछिल्लो तिन सेट लगातार जित्दै ट्रफि हात पारेको थियो । खेलमा धौलागिरी, अन्नपूर्ण, सगरमाथा र एउटा भुटनिज क्लव लिग खेलमा सहभागी भएका थिए ।
प्रतियोगितालाइ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज र अजी फाइनान्सले मुखिया प्रायोजन गरेको थियो भने एजे क्लिनिगं तथा रिमुभलले सहयोग गरेको थियो । पुरस्कार बितरण कार्यक्रममा अतिथिका रुपमा समाजसेवी डा. कृष्ण हमाल रहनुभएको थियो भने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा एक्सपर्ट एजुकेशनका सागर अधिकारी पनि उपस्थित रहनुभएको थियो ।
बिजयी टिमले नगद $६०० नगद, ट्रफि र मेडल हात पारे भने उपबिजयी टिमले $४०० नगद सहित ट्रफि र प्रमाणपत्र हात पारे । खेलमा बेष्ट प्लेयर भीम क्षेत्रीलाइ हात पर्यो भने अनुशासित खेलाडीको उपाधि निशान पाण्डेले हात पारेनुभएको थियो । प्रतियोगिता एएनयू स्पोर्ट्स हलमा बिहान ८:३० देखि सॉंझ ४:३० बजे सम्म भएको थियो । पुरस्कार बितरण समारोहमा क्लवका अध्यक्ष यूवराज खनियाले बिजयी खेलाडीलाइ बधाइ दिदैं कार्यक्रममा उपस्थित सबैजना, अतिथि, स्पोन्सर, सहयोगीलाइ धन्यवाद दिनुभएको थियो भने कार्यक्रम संचालन क्लवका सचिव राजकुमार केसीले गर्नुभएको थियो । दुबै बिजयी समूहले प्राप्त नगद रकम क्लवलाइ प्रदान गर्ने निर्णय गरेका छन् । साथै एक्सपर्ट एजुकेशनले क्लवलाइ $१००० सहयोग गरेको छ ।
![[Tags] 00B228DD-78E2-4CDD-B668-7814B512F353-1024x679 एक्सपर्ट कप भलिवलको उपाधि धौलागीरिलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/11/00B228DD-78E2-4CDD-B668-7814B512F353.jpeg?resize=640%2C424&ssl=1)
![[Tags] 00B228DD-78E2-4CDD-B668-7814B512F353-1024x679 एक्सपर्ट कप भलिवलको उपाधि धौलागीरिलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/11/D31BFC77-002B-4CA7-867A-F3557199621C.jpeg?resize=640%2C402&ssl=1)
![[Tags] 00B228DD-78E2-4CDD-B668-7814B512F353-1024x679 एक्सपर्ट कप भलिवलको उपाधि धौलागीरिलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/11/353410D5-C787-4DDB-873F-5CB6787666BA.jpeg?resize=640%2C446&ssl=1)