सुदीप त्रिपाठी प्रतीक
ब्रिसवेन ३१, मे


अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको ब्रिसवेन शहरको रेडियो ४ ई बी ९८.१ मेगाजहर्जमा सञ्चालित साप्ताहिक नेपाली रेडियो कार्यक्रमको १५ औँ बाषिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
सन २००६ देखि सञ्चालित रेडियो कार्यक्रमले आफनो १५ बर्ष पुरा भएको उपलक्ष्यमा आइतबार ब्रिसवेनको मिचेलटन सिनियर डिष्ट्रिक सिटिजन हलमा १५ औँ बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा नेपाली रेडियो कार्यक्रमको लागि स्थापना देखि हालसम्म स्वयसेवी रुपमा कार्यरत रेडियो कर्मी, १० बर्ष भन्दा माथि निरन्तर रुपमा सदस्यता लिने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
दिउँसो ४:३० देखि सुरु गरिएको कार्यक्रममा सम्मान कार्यक्रमका साथै, स्थानिय कलाकारहरु टीकाराम शर्मा, विवश थापा, दिप्ती कार्की, मनुजा कँडेल, एञ्जिला रेग्मी भट्ट, मेलिशा खतिवडा बाट सांगितिक तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो ।


सो कार्यक्रममा क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रका भू.पू. अध्यक्ष तथा बर्तमान सदस्य हरि खड्का, गैर आवासीय नेपाली संघ क्वीन्सल्याण्ड संयोजक उमेश खड्का, नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका भू.पू. अध्यक्ष अमृत पौडेल लगायतले नेपाली रेडियो कार्यक्रमले अस्ट्रेलियाको नेपाली समुदायमा खलेको भूमिकाको बारेमा बोलेका थिए ।
सोही अवसरमा नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको नयाँ कार्यसमितिको जानकारी समेत दिइएको थियो ।
रेडियो कार्यक्रम समितिले कार्यक्रममा उपस्थितहरु सँग सुझाव संकलन गर्ने कार्य समेत गरेको थियो ।अस्ट्रेलियाको नेपाली समुदायलाई पुर्याएको योगदानको कदर स्वरुप नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्ड द्धारा नेपाली रेडियो कार्यक्रमका कन्भर्नर डा. केशव शर्मालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।


कार्यक्रममा रेडियोलाई स्थापनार्थ देखि हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
रेडियो कार्यक्रमका कन्भर्नर डा. केशव शर्माले नेपाली रेडियो कार्यक्रमको इतिहास देखि हालसम्मको जानकारीका साथै बर्तमान अवस्थाको बर्णन समेत गर्नुभएको कार्यक्रमको सञ्चालन रेडियोकर्मीहरु सुदीप त्रिपाठी प्रतीक, मनुजा कँडेल, मेलिशा खतिवडाले गरेका थिए ।

तस्बिर : महेश दाहाल

Total Page Visits: - Today Page Visits:
Shares