म जे छु जस्तो छु रमाएको छु अरु याद नपठाउ भो
जहाँ छु माहोल जमाएको छु अरु याद नपठाउ भो
जब जब सम्झिन्छु न थाहा पाए जस्तो गरिदिन्छौ
माया दिने थुप्रै कमाएको छु अरु याद नपठाउ भो
पक्कै सोचें धेरै पटक तिमीलाई मानसपटलमा राखी
अहिले यो मनलाई थमाएको छु अरु याद नपठाउ भो
समयले मानिसलाई कहिले सिधा कहिले फिदा बनाउछ
मनैदेखी तिम्रो याद हटाएको छु अरु याद नपठाउ भो
माया र प्रेममा , समय र अनुकुल खोज्नु पर्दैन थाहा छ
साथ दिने उनकै हात समाएको छु अरु याद नपठाउ भो
अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर ,काठमाडौँ
Total Page Visits: - Today Page Visits: