कोभिड भिजा अर्थात् (सबक्लास ४०८ – AGEE ), अस्ट्रेलियन सरकारले पेन्डामिकमा अत्यावश्यक र महत्वपुर्ण देखिएका पेशाहरु जस्तै कृषि, स्वास्थ्य, खाद्य प्रशोधन, बाल बालिकाको हेरचाह गर्ने स्थान, टुरिजम तथा हस्पिटालिटी अनि अपाङ्ग वा अशक्तलाई सहयोग गर्ने क्षेत्रहरुमा काम गर्नेहरुलाई राहत होस् भन्ने हेतुले दिने भिजा हो । यो भिजा साधारणतया १ बर्षको हुने गर्दछ र दोश्रोपटक पनि लिन पाइन्छ । यो भिजा महत्वपुर्ण क्षेत्रमा काम गर्ने बाहेक अरुले पनि पाउँदछन तर तीन महिना को लागि मात्र र त्यसमा काम गर्ने अधिकार भने नहुन पनि सक्दछ। यो भिजा बिशेष गरि टीआर सकिन लागेका र दोश्रोपटक टीआरका लागि योग्य नहुने आवेदकहरु जो माथि उल्लेखित महत्वपुर्ण क्षेत्रमा काम गर्दछन तिनीहरुको लागि अति नै उपयोगी देखिएको छ।
![[Tags] C33E619C-8619-44F0-A93E-371AC0D89039-1024x576 कोभिड भिजा : के हो र कसले पॉंउदछ ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/08/C33E619C-8619-44F0-A93E-371AC0D89039.jpeg?resize=640%2C360&ssl=1)