बिनायक अधिकारी ; क्यानबेरा
नेपालमा पुस्तकालय दिवसको रुपमा मनाउदै आएको भाद्र १५ लाइ यसपटक १४ औं पुस्तकालय दिवसको रुपमा मनाइयो । हरेक बर्ष बिशेष नारा बनाएर साप्ताहिक रुपमा मनाउदै आएको कार्यक्रमको यस बर्षको नारा “सवल समाजको आधार : सार्वजनिक पुस्तकालयको विकास र विस्तार” रहेको थियो ।
हिजो भाद्र १५ गते बिशेष समापन कार्यक्रममा नेपाल सरकार, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले नेपालकै पहिलो एक मात्रै पुस्तकालय मासिक “पुस्तकालय आवाज” सम्मानित भएको छ । पुस्तकालय आवाजले नेपालको पुस्तकालय क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गरी आयोजक समितिले सम्मानित गरेको हो । पुस्तकालय आवाज़ अनेक बिध्न बाधा सहँदै निरन्तर १० बर्ष अघि देखि प्रकाशित रहँदै आएको छ ।
![[Tags] 8CF39D0B-7909-4999-9730-B46C92BCCF6B पुस्तकालय दिवसको अवसरमा सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/8CF39D0B-7909-4999-9730-B46C92BCCF6B.jpeg?resize=640%2C401&ssl=1)
त्यस्तै त्रिभुवन बिश्वबिध्यालय पुस्तकालय बिज्ञान संकायमा लामो समय अध्यापन गराइ नेपालको पुस्तकालय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा आदरणीय गुरु रुद्र प्रसाद दुलाल पनि सम्मानको भागीदार हुनुभएको छ । दुलाल सर बिशेषत प्रष्ट बिचार र खह्रो स्वभावको हुनुहुन्छ त्यसैले आफनो काम र कार्यप्रति जहिले पनि अगाडी रहँदै आउनु भएको छ । उमेरले सत्तरि नाघिसक्नुभएका दुलाल सरको दैनिकि उत्तिकै फुर्तिलो र रसिक छ ।
![[Tags] 8CF39D0B-7909-4999-9730-B46C92BCCF6B पुस्तकालय दिवसको अवसरमा सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/99207781-73C4-4752-A1B8-95056F942CD3.jpeg?resize=640%2C520&ssl=1)
मेरो कपुरी क को तर्फवाट आदरणीय गुरु रुद्र प्रसाद दुलाल सर र पुस्तकालय आवाज मासिकका रमेश भुषाल र बिष्णु अर्याललाइ हार्दिक बधाई व्यक्त गर्दछु ।
![[Tags] 8CF39D0B-7909-4999-9730-B46C92BCCF6B पुस्तकालय दिवसको अवसरमा सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/06BF0819-1216-470F-BAC8-F531AE8FF746.jpeg?resize=640%2C527&ssl=1)
![[Tags] 8CF39D0B-7909-4999-9730-B46C92BCCF6B पुस्तकालय दिवसको अवसरमा सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/DC2C2CE5-A74F-472F-862F-02D73FF3A8F4.jpeg?resize=640%2C311&ssl=1)