बिनायक अधिकारी; क्यानबेरा

सनातन समाज अष्ट्रेलियाले कोभिडले समाजलाइ आक्रान्त पारेको बेला अनलाइन योगा कार्यक्रम मार्फत सकारात्मक चेतना बाड्ने कार्यक्रम गर्न लागेको छ। मेरो कपुरी क संगको कुराकानिमा योगगुरु माधव खनालले आोफुसंग भएको योगा सम्वन्धि ज्ञान चेतना अन्य मानिसहरुमा बाड्न पाउनु आफना लागी खुसीको कुरा रहेको बताउनुभयो ।मेडिटेडन एउटा
बिपश्यनाको हॉंगा भएको र माइण्डफुलनेसबाट स्वास आफु भीत्र लिने र छोड्ने क्रिया बाट दिमागमा सकारात्मक चेतना दिने काम हुने गर्दछ त्यसैले सबै सामु यो कोभिडले दिइरहेको तनावमा यसले थोरै भएपनि राहत महसुस हुने अपेक्षा लिएको छु खनालले बताउनु भयो ।

सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले यो कार्यक्रमले मानिसहरु घर भित्रै बसिरहनु पर्दा मानसिक तथा शारिरिक रुपमा कुजिंने हुनाले पनि मेडिटेसनले थप सहयोग गर्ने छ र हामीले संस्थागत रुपमा समाजमा केहि गर्न खोजिरहेका बेला यो कार्यक्रमले सबैलाइ सहयोग गर्ने छ र हामी बिस्तारै अन्य थप कार्यक्रमहरु पनि गर्ने छौं । कार्यक्रम अनलाइन भएको हुनाले पनि नेपाली समाज सहित अन्य समुदायका मानिसहरुले पनि यसबाट लाभ लिन सक्ने मल्लको ठम्याइ छ । कार्यक्रम सेप्टेम्बर ५ आइतबारका दिन बिहान ८-९ बजे अष्ट्रेलियन समय अनुसार हुने छ । कार्यक्रमको जुम लिंक तल पोष्टरमा दिइएको छ । थप जानकारीका लागी सन्तोष मल्ल 0433 677 022 वा माधव खनाल 0421 328 770 लाइ सम्पर्क गर्नुहोला ।

AC1CEB9B-1F11-47C0-9597-6D238DEE9EED-1024x718 सनातन समाजद्वारा योगा कक्षा सन्चालन हुदै ।

Total Page Visits: 1610 - Today Page Visits: 1
Shares