क्यानबेरा । एसिटि सरकारले अक्टोवर १ शुक्रवार देखि लकडाउन केहि खुकुलो हुन सक्ने जानकारि दिएको छ । आज मिडियामा बोल्दै एसिटि मुख्य मन्त्री एन्ड्रु बारले प्रत्यक्ष जानकारि दिदै अक्टोबर १ बाट २ जना सम्म साथिभाइ वा छिमेकि घरमा आउन र जान मिल्ने, पॉंच जनाको समूह चार घण्टाको लागी बाहिर हिडडुल गर्न र भेट्न सक्ने र रिटेल बिजनेसले आफना सेवा खुला गरेर किल्क एण्ड कलेक्ट वा क्लिक एण्ड डेलिभरि सेवामा पाँच जनाको संख्या चार स्क्वाएर मिटको दुरिमा रहेर किन मेल गर्न सकिने स्पष्ट पार्नुभएको हो ।
![[Tags] IMG_4623 एसिटिमा लकडाउन खुकुलो हुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/IMG_4623.png?resize=267%2C189&ssl=1)
अक्टुवर १५ बाट लकडाउनलाइ अझै खुकुलो बनाउने जानकारि पनि प्रत्यक्ष प्रसारणबाट भएको हो । १५ अक्टूबरबाट ५ जनाको संख्यामा मानिसहरु घरमा आवत जावत गर्न सक्ने र २५ जना बाहिर भेटघाट गर्न सक्ने जनाएको छ । त्यसैगरि लाइसेन्स प्राप्त क्याफे वा रेष्टुरेन्ले एक पटकमा २५ जना सम्मका लागी सेवा दिन सक्ने छन् । हेयर ड्रेसर वा ब्यूटि पार्लरले एकपटकमा ५ जनाको लागी सेवा दिन सक्ने पनि वेभसाइटमा जनाएको छ । भने स्कुल कलेजहरु पनि अक्टुवरको मध्यवाट खुल्न थाल्ने जानकारि भएको छ । त्यसैगरि अव कोभिड भ्याक्सिन दुबै डोज लगाउनेको संख्या ८० प्रतिशत नाघेपछि आन्तरिक स्टेट टोरोटरि र अन्तराष्ट्रिय बोर्डर पनि खुल्न सक्ने जानकारि बिभिन्न मिडियाहरुले जनाएका छन् । त्यस्तै एनएसडब्लु र भिक्टोरिया राज्यले पनि लकडाउन खुकुलो बनाउने संकेत गरेका छन् ।
![[Tags] IMG_4623 एसिटिमा लकडाउन खुकुलो हुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/08/C33E619C-8619-44F0-A93E-371AC0D89039.jpeg?resize=640%2C360&ssl=1)
फोटो : गुगल