बिनायक अधिकारी
बदलिदो समय र प्रविधिक बिकास संगै हिजोआज क्लव हाउस चर्चामा छ । हाइ फाइव, याहु च्याट, फेसबुक, ट्विटर, इन्ष्टाग्राम र टिकटक हुदै क्लव हाउस सम्म आइपुग्दा केहि बन्द हुदै र केहि फरक बिशेषताका साथ चलिरहेको छन् । मानिसहरुका फरक फरक बिचार, चाहना र आवस्यकतालाइ मध्य नज़र गर्दै क्लवहाउस सम्म प्रविधि आइपुगेको छ । क्लवहाउसको सजिलो पक्ष चॉंहि के भएको छ भने कसलाइ कस्तो बिचारमा बहस गर्न मन छ वा कस्तो खालको बिचार सुन्न मन छ त्यो सबै गर्न सकिन्छ । राजनितिक, सामाजिक, मानसिक र यौनिक बहसहरु भइरहेका भेटिन्छन् क्लवहाउसमा । हुदाहुदै बिभिन्न पदमा उठेका उमेदबारहरुले आफना एजेण्डा राख्दा बहस गरेको पनि देखियो । मुकुन्द घिमिरेको मुकुन्दल्याण्ड देखि लकडाउन बहससम्म यहि हुने गरेका छन् ।
गॉंउमा हुदा बिहान चिया पसलमा बसेर सन्चो बिसन्चो, गॉंउमा नयॉं के भयो, के हुदैछ को आयो को गयो, राजनिति के हुदैछ यी सबै कुराहरु चिया पसल वा चिया पसल नजिकैको पत्रिका पसल वा चौतारोमा बसेर हुने गर्दथे । हिजोआज लाग्छ गॉंउमा बसिदिने को ? कमाउने बहानामा वा पढाउने बहानामा सबै शहर झरे । चियापसल सुक्का छन्, चौतारामा माकुराका जाला लागेका छन् । गॉंउ सुनसान छ शहर चलाएमान बन्यो । गॉंउघरमा हुने त्यस्तै बार्तालापले मानिसहरुलाइ एक अर्कामा मिलेर बस्ने वातावरण बनाएको थियो । एकदिन फलानो चिया खान नऑंउदा ढिस्कनोलाइ चिन्ता हुन्थ्यो आज आएन फलानोलाइ केहि भयो कि, परिवारमा केहि भनेको भन्ने चिन्ता हुन्थ्यो र गॉंउ गॉंउ जस्तै थियो । शहर जस्तै चलाएमान हिजोआज क्लवहाउस बनेको छ ।
क्लवहाउसमा अडियो रुम बनाएर कुनै एउटा विषयवस्तुमा बहस गर्न सकिन्छ । रुम ज्वाइन गर्दा तपाईंले त्यस्ता प्रयोगकर्ताको कुरा सुन्न सक्नुहुन्छ, जो बहस गरिरहेका हुन्छन् । क्लबहाउस एउटा इन्भाइट अन्ली एप हो । यसको अर्थ तपाईंलाई कसैले इन्भाइट गर्छ भने तब मात्र तपाईंले त्यसलाई ज्वाइन गर्न सक्नुहुन्छ । प्रयोगकर्ताले बोलेर र सुनेर अन्तर्क्रिया गर्न सक्छन्। आमन्त्रित व्यक्तिहरू मात्र जोडिन मिल्ने यसको मुख्य फिचर भनेको भर्चुअल रूम हो। यी रूमहरू तीन प्रकारका हुन्छन्। ओपन रूम, क्लोज्ड रूम र सोसियल रूम । ओपन रूममा जो कोही प्रयोगकर्ता जोडिन मिल्छ। सेटिङ परिवर्तन नगरेसम्म सबै रूम ओपन नै हुन्छन्। सोसियल रूममा भने वक्ताका फलोअरहरू मात्र जोडिन मिल्छ। त्यसैगरी, क्लोज्ड रूम वा प्राइभेट रूममा भने आमन्त्रित प्रयोगकर्ताहरू मात्रै जोडिन मिल्छ। यी रूममा वक्ता, श्रोता र आयोजक हुन्छन्। रूम निर्माण गर्ने व्यक्ति आयोजक हुन्छ। आयोजकले आफ्नो श्रोतालाई वक्ता बनाउन, म्युट गरिदिन, अनम्युट गरिदिन र वक्तालाई निस्कासन गर्न मिल्ने सुविधा हुन्छ। श्रोता वक्ता हुन चाहेमा हात उठाउने बटन थिची आयोजकलाई जानकारी गराउन सक्छ। त्यसैगरी, ‘लिभ क्वाइट्ली’ भन्ने बटन थिचेर श्रोता सो रूमबाट निस्किन पनि सक्छन्।
कोभिडले बिश्व लकडाउन भइरहेका बेला मानिसहरुलाइ आफना कुरा सुनाउने र अर्काका कुरा सुन्न मिल्ने हुनाले पनि यस एपको प्रयोगकर्ता र डाउनलोड दर झनै बढ्यो। क्लबहाउसको एउटा रूममा एक पटकमा ५ हजार प्रयोगकर्ता जोडिन मिल्छ। जसले गर्दा धेरै मानिसहरुका धेरै बिचारहरु एकै ठॉंउमा राख्न मिल्ने हुनाले पनि यो पछिल्लो दिनमा झनै पपुलर बनेको छ । हिजोआज क्लवहाउसमा बसेर गफ गर्दा पहिला गॉंउको चिया पसलमा गफ गरेको याद ऑंउछ ।