यस बर्षको अन्त्य सम्म सयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरु NSW मा फर्कन थाल्नेछन् भने चिन र नेपाललाइ अझै केहि समय लाग्ने संकेत एनएसडब्लु राज्यले जानकारी दिएको छ । झण्डै डेढ़ बर्षदेखि बन्द रहेको अष्ट्रेलियाको बोर्डर कोभिड खोप लगाउने को संख्या ७० प्रतिशतबाट उकालो लागे पछि बोर्डर खोल्ने संकेत गरेको हो । यो संगै बिश्वबिध्यालय वा कलेजहरुलाइ अष्ट्रेलियन डलर शुल्क तिरेर अष्ट्रेलिया आउन नपाएर मारना परेका बिध्यार्थीलाइ भने ठुलो राहत हुनेछ ।

न्यु साउथ वेल्स राज्यले अष्ट्रेलियामा मान्यता प्राप्त खोपहरु फाइजर, जोनसन एण्ड जोनसन, मोडेना र एष्ट्राजेनेका दुबै डोज लगाएका विद्यार्थीलाई मात्रै ल्याउने नीति लिएको बताइएको छ । यसको मतलब यी खोप लगाएका देशहरु सिंगापुर, थाइल्याण्ड, अमेरिका, मलेसिया, हङकङ र जापान जस्ता देशका विद्यार्थीहरु पहिलो प्राथमिकतामा पर्ने देखिएको छ ।
सिनोभ्याक र सिनोफार्म जस्ता खोप लगाएका नेपाल र चीनका विद्यार्थी तत्कालका लागि आउन नपाउने भएको हो । तर, न्यु साउथ वेल्स सरकारले नेपाल र चीनबाट समेत विद्यार्थी ल्याउनलाई विश्वविद्यालयहरुसंग योजना बनाउन छलफल गरिरहेको समेत ट्रेजरर पेरोटेटले उल्लेख गरेको समाचारमा भनिएको छ । न्यु साउथ वेल्स सरकारले भारतबाट विद्यार्थी ल्याउने योजनालाई महत्वपुर्ण रुपमा लिएको छ । १६ वर्षभन्दा माथिका ४९.३ प्रतिशत अष्ट्रेलियनले दुबै खोप लगाइसकेको कुरा सरकारी वेभसाइटमा उल्लेख छ । यहाँ दैनिक ३ लाखले खोप लगाइरहेका छन् ।

Total Page Visits: 1108 - Today Page Visits: 2
Shares