एनआरएनए एसिटिले नयॉं कार्य समितिको तर्फवाट नेपाली चाड पर्वको अवसर पारेर मिट एण्ड ग्रिट नामक भेटघाट कार्यक्रम तय गरेको छ । कोभिड भाइरसका कारण लामो समय सम्म कार्यक्रमहरु हुन नसकिरहेको अवस्थामा यस कार्यक्रले क्यानबेरा/क्विनबियनमा रहनु भएका नेपालीहरुलाइ भेटघाटको अवसर जुटाइदिएको छ ।

यसै कार्यक्रमकै प्रसंगमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटिका संयोजक अशोक बस्नेतलेसबैजनालाइ लकडाउनमा बस्नुपरेको
हुनाले यो कार्यक्रम हामीले अवसरका रुपमा लिएको कुरा बताउनुभयो । साथै यसै बिचमा क्यानबेरामा थुप्रै नेपालीहरु आउनुभएको छ उहॉंहरुसंग हामीले चिनजान गर्न र उहॉंहरुलाइ पनि यस समाजमा चिनजान गर्न कार्यक्रमको सहजता गर्ने बताउनुभयो । हामीले कार्यक्रमको जानकारी सबै संघ संस्थाहरुलाइ आधिकारीक रुपमा पत्राचार गरेका छौं यदि कसैले पत्र पाउनुभएको छैन भने यसै समाचारलाइ निमन्त्रणा सम्झि उपस्थित हुनुहुनेछ भन्ने बिश्वास लिएका छौं बस्नेतले बताउनुभयो ।

यो कार्यक्रम सबै यहॉंहरुका लागी हो यहॉंहरुरो उपस्थिति रहेन भने हामी सबैलाइ खल्लो हुनेछ त्यसैले क्यानबेरा/ क्विनबियन बासी सम्पूर्ण नेपालीहरुलाइ हार्दिक आमन्त्रण गर्दछौं भन्दै उपाध्यक्ष बिक्रम सुबेदिले अनुरोध गर्नुभएको छ ।

कार्यक्रम १८ डिसेम्बर २०२१ सनिबारका दिन दिनको १२ बजेबाट राखिएको छ । कार्यक्रमको स्थान वेष्टर्न पार्क यारालुम्ला रहेको छ । कार्यक्रमका बारेमा थप जानकारी चाहिएमा एनआरएनए एसिटिका कार्यसमिति सदस्यहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ ।

0C4DACC2-E330-420E-8C99-E985F6126978 “मिट एण्ट ग्रिट” नेपालीहरु बिच भेटघाटको अवसर ।

Total Page Visits: - Today Page Visits:
Shares