क्यानबेरामा रहेको नेपालीहरुको पुरानो क्रिकेट क्लव क्यानबेका नेपलिज क्रिकेट क्लव (सिएनसिसि) ले खेलाडीहरुलाइ नयॉं जर्सी हस्तान्तरण गरेको छ । कार्यक्रमलाइ क्लवका सदस्य उसामा इलहानीले स्वागत मन्तब्य राख्दा उपस्थित सबैलाइ स्वागत गर्नुभएको थियो । क्लवमा हाल ३ वटा टिम रहेको र अर्को बर्ष सम्म चारवटा टिम हुन सक्ने कुरा इलहानीले बताउनुभएको थियो ।
![[Tags] F645F6B0-EA7E-4BFF-8486-E5FCCDA2294C-1024x766 सिएनसिसिद्वारा खेलाडीहरुलाइ जर्सी हस्तान्तरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/F645F6B0-EA7E-4BFF-8486-E5FCCDA2294C-1024x766.jpeg?resize=640%2C479&ssl=1)
कार्यक्रमलाइ लामो बनाएर झन्झटिलो बनाउनुभन्दा सिधै हस्तान्तरण तिर जाने संकेत गर्दै क्लवका अध्यक्ष समिर अधिकारीले उपस्थित सबै अतिथि र स्पोन्सरहरपलाइ धन्यवाद दिदै जर्सी हस्तान्तरण सुरु गर्नुभएको थियो । पालैपालो सक्सेस एजुकेशनबाट आदर्शजंग पाण्डे र मान तामागं, एसबिए मोर्गेजबाट बिवेक लोहनी र ब्रुज एण्ड ब्यारलका तर्फवाट प्रदिप भट्टराइले चिने टिमका कप्तान र उप कप्तानलाइ जर्सी हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै अतिथिहरुबाट डा कृष्ण हमाल र डा दुर्गादत्त कणेंलले स्पोन्सरहरुको जर्सी हस्तान्तरण गर्नुभएको थियो । क्लवले स्पेन्सर, मिडिया पार्टरन र फोटोग्राफी पार्टनरलाइ पनि जर्सी हस्तान्तरण गरेको थियो ।
![[Tags] F645F6B0-EA7E-4BFF-8486-E5FCCDA2294C-1024x766 सिएनसिसिद्वारा खेलाडीहरुलाइ जर्सी हस्तान्तरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/B37A3297-C58C-4C95-932D-629ADC3A44AA.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रम ३ डिसेम्बर २०२१ सनिबारका दिन बेष्टर्न पार्क यारालुम्लामा भएको थियो । कार्यक्रममा खेलाडीहरु सहित अन्य सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । क्लवले उपस्थित सबैलाइ बारबिक्यू गरेर खाजाको ब्यवस्था गरेको थियो ।
![[Tags] F645F6B0-EA7E-4BFF-8486-E5FCCDA2294C-1024x766 सिएनसिसिद्वारा खेलाडीहरुलाइ जर्सी हस्तान्तरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/F369C3DF-C6A4-4217-BCF1-BE57383AFDF1.jpeg?resize=640%2C479&ssl=1)
क्लवको स्पोन्सरहरुमा प्लाटिनम स्पोन्सर सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेज, ब्रोन्ज स्पोन्सर एसबिए मोर्गेज एण्ड सोलुसन, म्यान अफ दि म्याच : ब्रोन्ज एण्ड ब्यारल सहित जनरल स्पोन्सरहरुमा दि मुस्तागं रेष्टुरेन्ट, एस एण्ड एस एकाउन्टिगं र एभरेष्ट नेपाल ट्राभल रहेका छन् ।
![[Tags] F645F6B0-EA7E-4BFF-8486-E5FCCDA2294C-1024x766 सिएनसिसिद्वारा खेलाडीहरुलाइ जर्सी हस्तान्तरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/10D2FAA0-19F7-4CD6-A7F6-161FA90CB024.jpeg?resize=640%2C479&ssl=1)