गत सनिबार क्यानबेरामा अवस्थित वेष्टर्न पार्क यारालुम्लामा बेग्लै रौनक थियो । बिहानै देखि एनआरएनए एसिटिका साथिहरु हतारमा देखिन्थे किनकि अतिथिहरुलाइ राम्रोसंग सत्कार गर्नु थियो । सत्कार कस्तो रह्यो त्यो त अतिथिहरुलाइ थाहा होला खयर कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । लामोसमय देखि कोभिड १९ नामक ज्यानमारा भाइरसका कारण हुन नसकिरहेका सामाजिक कार्यक्रमहरु सुचारु हुन थालेका छन् ।
![[Tags] D69AE186-3897-49DD-A271-E20DD49E4642 मिट एण्ड ग्रिटमा नाचे बिदेशी : कार्यक्रम भब्य एवं सभ्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/D69AE186-3897-49DD-A271-E20DD49E4642.jpeg?resize=640%2C480&ssl=1)
मिट एण्ड ग्रिट नाम दिइएको कार्यक्रम बिशेषत एनआरएनए एसिटिका नयॉं कार्य समितिले आफनो औपचारीक समिति भेटघाट मार्फत देखिनु थियो । २५ जनाको कार्यसमितिमा कति मतदाताले कसलाइ भोट हॉंले भनेर थाहा सम्म नपाउने अवस्थालाइ यो कार्यक्रमले चिनाउने अवसर भने दियो । कार्यक्रममा बारबिक्यू सहित अन्य खानपिनको ब्यवस्था गरिएको थियो । बिच बिचमा दीपक बज्राचार्यको मन मगन गीतमा अष्ट्रेलियनहरु पनि राम्रैसंग नाचिरहेका देखिन्थे । कार्यक्रममा क्यानबेरा क्विनबियनका नेपाली संघ संस्थाका प्रतिनिधिहरु, पूर्व एनआरएनए उपाध्यक्षहरु अन्य नेपालीहरु सहित २५० जना भन्दा उपस्थिति रहेको थियो । कार्यक्रम बेलुका ५ बजेसम्म चलेको थियो ।
![[Tags] D69AE186-3897-49DD-A271-E20DD49E4642 मिट एण्ड ग्रिटमा नाचे बिदेशी : कार्यक्रम भब्य एवं सभ्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/96078D31-73FA-4E39-ADA7-0E20AF4D8EB8.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रम भव्य र सभ्य रहेको कुरा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटिका संयोजक अशोक बस्नेतले मेरो कपुरी संग बताउनुभयो । हामीले सोचें जस्तै कार्यक्रम रह्यो, खानपिन, उपस्थिति, मनोरन्जन गरेर सबैजनाले कार्यक्रम सफल बनाउनुभयो । बस्नेतले सम्पूर्ण अतिथि आगन्तुक र स्वयंसेवकहरुलाइ एकमुष्ट धन्यवाद प्रकट गर्नुभएको छ ।
![[Tags] D69AE186-3897-49DD-A271-E20DD49E4642 मिट एण्ड ग्रिटमा नाचे बिदेशी : कार्यक्रम भब्य एवं सभ्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/12/84E4F320-C3D8-4DFF-9EF4-627D0C2668FC.jpeg?resize=640%2C480&ssl=1)
बारबिक्यू खाइयो रमाइलो भयो तर यो संगै कार्यक्रम गरेर देखाउने अवसर र चुनौतिहरु पनि छन् । टोलि जति जनाको परेपनि अन्तत काम गर्ने भनेको गनेर ५ जना मात्रै हो बॉंकि भनेका यस्तै बारबिक्यूमा भेटिनेहरु हुन । पद नपाउन्जेल हानथाप र पद पाए पछि गमपच हुने चलन पुरानै हो । तसर्थ नयॉं कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना ।