नेपालीहरुको जनघनत्व अष्ट्रेलियामा बढ्दो छ । यो बढ्दो घनत्वलाइ ध्यानमा राख्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीहरुले संचालन गरेको पुरुषहरुका लागी देसी ड्यूड बार्बर सप संचालनमा आएको छ । क्यानबेरामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको ठॉंउ उडन वेष्ट फिल्डमा सैलुन खुलेको छ । यसलाइ अझै सजिलो गरि भन्दा एक्सेस क्यानबेरा उडन नजिक रहेको छ । कमनवेल्थ बैंक र काठमाडौं सप संगै रहेको सैलुनमा नेपालीहरु बाहेक साउथ एसियाबाट आउनुभएका मानिसहरु सहित अष्ट्रेलियनहरु नागरिकहरु पनि कपाल काट्न आउने गरेको कुरा शैलुनका सदस्य सिमान्त पौडेलले बताउनुभयो ।
![[Tags] 270CE6FC-9F8F-49AF-ABAB-8B0B91B0313D-1024x766 क्यानबेरामा नेपालीहरुको आफनै सैलुन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/01/270CE6FC-9F8F-49AF-ABAB-8B0B91B0313D.jpeg?resize=640%2C479&ssl=1)
सिड्नीबाट ३ बर्ष देखि अनुभव बटुलेर क्यानबेरा आउनुभएका पौडेलले खुलेको दुइमहिनामा राम्रो ब्यापार गरिरहेको बताउनुभयो ।पौडेलले हेयर ड्रेसर पढेर सुरु गरेको र यसैमा आफु सन्तुष्ट रहेको बताउनुभयो ।
किन नेपालको स्वामित्वमा रहेको हेयर ड्रेसरमा हिन्दी नाम भन्ने प्रश्नमा यहिनामको बार्बर सपमा सुरुवाट काम गरेको हुनाले यसै नामसंग माया बस्यो र यहि नाम राखेको कुरा पौडेलले बताउनुभयो ।
![[Tags] 270CE6FC-9F8F-49AF-ABAB-8B0B91B0313D-1024x766 क्यानबेरामा नेपालीहरुको आफनै सैलुन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/01/94B66E47-2C09-4E4F-9EB8-BB5724D32C0D.jpeg?resize=640%2C479&ssl=1)
यसैको कमाइले कर्मचारी पाल्ने देखि भाड़ा तिर्न र आफु पाल्नु पनि पुग्ने बताउदै स्थान राम्रो भएकोले बिशेषत नेपालीहरुलाइ अझै केन्द्र बन्न सक्ने कुरा बार्बर लपका बिनय अधिकारीले बताउनुभयो । हाल शैलुन संचालनमा सिमान्त पौडेल र बिनय अधिकारी रहनुभएको छ । उहॉंहरुलाइ तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । शैलुन बिहान ९:३० बजेबाट सॉंझ ७:३० बजे सम्म खुल्ला रहने छ ।
बिनय अधिकारी 0451962672
सिमान्त पौडेलले 0426380539