अष्ट्रेलियाको राजधानी क्यानबेरामा ३०० औं पृथ्वी जयन्ती मनाइएको छ । राष्ट्र निर्माताको रुपमा संझेर कार्यक्रम संयोजक डा कृष्ण हमालले पृथ्वी नारायण शाहको फोटोमा माल्यापर्ण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा पृथ्वी नारायण शाहले गरेका योगदान र राष्ट्र निर्माणमा उहॉंको भूमिकाको बारेमा चर्चा भएको थियो । एकता दिवसको बारेमा एनआरएनए अष्ट्रेलियाका सचिव राजु अधिकारी, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक बस्नेत, पूर्व अध्यक्ष यूवराज खनिया, राजन ढुंगेल र चुडामणी सापकोटाले बोल्नुभएको थियो । त्यस्तै एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डे, पूर्व अध्यक्षहरु जीवन राना र खुश्वु न्यौपाने र सनातन समाजका अध्यक्ष सन्तोष मल्लले पृथ्वी दिवसको बारेमा बोल्नुभएको थियो ।
![[Tags] B4F5CCAB-02AF-4086-A1D3-A81B60046AE9-1024x767 क्यानबेराका नेपालीले संझिए पृथ्वी नारायण शाह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/01/B4F5CCAB-02AF-4086-A1D3-A81B60046AE9.jpeg?resize=640%2C479&ssl=1)
कार्यक्रममा बिभिन्न उपस्थित ब्यक्तिहरुले गीत र कविता पनि सुनाउनु भएको थियो । क्यानबेरा तथा क्विनबियनका बिभिन्न संस्थागत प्रतिनिधिहरु उपस्थित रहेर कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्नुभएकोमा सबैजनालाइ संयोजक डा कृष्ण हमालले धन्यवाद दिनुभएको छ ।
कोभिड संक्रमीतको संख्या बढ्दै गएको र यसले समाजमा पार्न सकिने प्रतिकुल असरलाइ मनन गर्दै कार्यक्रम जुममा भएको थियो । कार्यक्रममा उपस्थित सबैवाट मनोनित हुदै अर्को बर्ष २०२३ का लागी डा प्रेमजंग थापा संयोजक हुनुभएको छ । कार्यक्रम ११ जनवरीका दिन सॉंझ ८ बजे भएको थियो ।
![[Tags] B4F5CCAB-02AF-4086-A1D3-A81B60046AE9-1024x767 क्यानबेराका नेपालीले संझिए पृथ्वी नारायण शाह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/01/5B7B1ED2-EB3B-48FE-9283-A421ECBBD8AD.jpeg?resize=640%2C394&ssl=1)
पृथ्वी नारायण शाहको सानो जानकारी : गुगलबाट साभार
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहवंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।[३] उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।[४] नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।[५]