नेपाली दुताबास क्यानबेरा यतिबेला अत्यन्तै ब्यस्त हुने गरेको छ । पासपोर्ट नबिकरण, हराएका पासपोर्टका लागी नयॉं बनाउने प्रकृया, बिभिन्न कागजातहरुका प्रमाणीकरण, सम्वन्ध बिच्छेदका फाइल अनि घर जग्गा कारोबारका दस्तखतका कागजातले दुताबास भरिएको छ । पॉंचजना कर्मचारीलाइ फ़ोन उठाउने देखि दुताबासमा आउने मानिसहरुलाइ सूचना दिन भ्याइनभ्याइ छ । दिनमा आउने सयौं फोनले गर्दा कर्मचारीले प्रत्यक्ष रुपमा सेबा दिन भन्दा पनि फोनमा कुरा गर्नेहरुले धेरै समय लिइदिने हुनाले काममा समस्या हुने दुताबासका कर्मचारिको गुनासो थियो ।


हामीले सबै नयॉं सूचना र अत्यावस्यक कुराहरु वेभसाइटमा उपलब्ध गराएको छौं तर हामी नेपालीहरुको बानि वेभसाइटमा केहि नहेरि सिधै फ़ोन गरिदिने र समय बर्वाद गरिदिने हुनाले हामीले समयनै दिन सकेनौं । तसर्थ जुनसुकै कामले दुताबास आउने हुनुहुन्छ तपॉंइहरु सबै सबैजनाले आफनो आवस्यक कामको लागी चाहिने सबै सूचना वेभसाइटबाट जानकारी लिएर आउन अनुरोध गर्नुभएको छ ।

हामीले हाम्रो दुवाबासले किन एफ्ट्पोस (पैसा तिर्ने मेसिन) राख्न नसकेको यसले गर्दा धेरै सेवाग्राहिहरु पैसा निकाल्न अन्यत्र जानुपर्ने र समय बर्बाद हुने कुरा राखेका थियौं यसमा नेपाल सरकारले सबै देशका दुताबासहरुमा एकै पटक राख्ने कुराकानि भइरहेको हुनाले छिट्टै आउन सक्ने आशा रहेको जानकारी दुताबासले दिएको छ । अष्ट्रेलियाको हकमामात्रै राख्ने कुरा भएको तर बिभिन्न प्राबिधिक कारणले गर्दा दिन नसकेको र यसका लागी नेपाल सरकार संग कुरा भइरहेको छ र पनि यसका लागी कतिपय झन्झटिलो प्रकृयाले गर्दा पनि संझव नरहेको कुरा दुताबासले जनाएको छ ।

मेरो तिनघण्टा बसाइको अनुभवले पनि दुताबासको सेवा बाहिर हुने नकारात्मक हल्ला भन्दा फरक रहेको पाइयो । पहिला भन्दा कर्मचारीहरु ब्यस्त पनि देखियो तर फोनको कारण र वेभसाइटमा सूचना नहेरि आइदिने हुनाले क्यानबेरा दुताबास आइसकेपछि अन्य काग़ज़ात नपुगेर समस्या हुने हुनाले अव आउने सबैजनालाइ वेभसाइटमा रहेको सूचना वा जानकारी हेरेर आउन हामी पनि अनुरोध गर्दछौं ।

Total Page Visits: 1057 - Today Page Visits: 1
Shares