रोएल नेपाल फुटवल क्लवको आयोजना र हिमालयन बिज़नेस ग्रुपको प्रायोजनमा क्यानबेरामा फुटवल आयोजना हुने भएको छ । गत बर्ष पनि रोएल नेपलिज फुटवल क्लवले सोहि किसिमको आयोजना गरेको थियो भने यो दोस्रो प्रतियोगीता हो । खेलमा एउटा क्लवबाट ९ खेलाडीहरु सामेल हुनेछन् भने २० मिनेट मात्र खेल खेलाइने छ । खेलमा सिड्नी, क्यानबेरा, क्विनबियन र अल्बेरीबाट गरि ११ क्लवहरु बाट १३ टिम सहभाही हुनेछन् । प्रतियोगीता अप्रिल ९ तारिखका दिन बिहान ७:३० बजेबाट खेल खेलाइने छ । खेल एआइएस सेन्थेटिक फिल्डमा हुनेछ । प्रतियोगिताको पुरस्कार प्रथम हुने क्लवलाइ $२००० र द्वितिय हुने क्लवलाइ १००० रहेको छ । त्यस्तै खेलमा बेष्ट प्लेयर, बेष्ट गोलकिपर र सबैभन्दा बढि गोल गर्ने खेलाडीलाइ पुरस्कार प्रदान गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष शुसील पोखरेलले जानकारी दिनुभएको छ ।
खेलको उद्घाटन नेपाल दुताबास क्यानबेराका का बा राजदूत कुल बहादुर मगर बाट हुनेछ भने एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारी, उपाध्यक्ष अशोक बस्नेत सहित अन्य थुप्रै सामाजिक अगुवाहरुको अवस्थिति रहने छ ।
![[Tags] 01A0BF6B-168D-4A5B-AC3A-E6249315B1D6-467x1024 हिमालयन बिजनेस र रोयल क्लवको आयोजनामा फुटवल प्रतियोगीता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/01A0BF6B-168D-4A5B-AC3A-E6249315B1D6-467x1024.jpeg?resize=467%2C1024&ssl=1)
यस प्रतियोगितालाइ हिमालयन बिज़नेस ग्रुपले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजक अजी फाइनान्स एण्ड होम लोन रहेको छ । को पावरमा नमस्ते इण्डियन रेष्टुरेन्टले गरेको छ अन्य सहयोगी संस्थाहरुमा गोल्डन स्पुन इभेन्ट्स सेन्टर, भारत इन्टरनेशनल, कोकोन एजुकेशन, नर्स एड, ग्रेस इन्टरनेशनल, क्यापिटल ड्राइभिगं, लुम्बिनि ग्रोसरि, एजे कम्प्लिट सोलुसन, काठमाडौं अटोमोबाइल्स, गुडवे एजुकेशन, जेमीसन टेकवे र ओसेक एजुकेशन रहेका छन्
![[Tags] 01A0BF6B-168D-4A5B-AC3A-E6249315B1D6-467x1024 हिमालयन बिजनेस र रोयल क्लवको आयोजनामा फुटवल प्रतियोगीता हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/3EF254A6-EBF7-4E77-A80E-0E2BE81483CD.jpeg?resize=640%2C975&ssl=1)