अष्ट्रेलियाको राजधानी क्यानबेरामा नयॉं बर्षमा लाइभ सॉंगीतिक कार्यक्रम सहित डिजे धमाका हुने भएको छ । कार्यक्रमको नाम नयॉं बर्ष २०७९ फ्राइडे सेलिब्रेसन दिइएको छ । क्यानबेरामा केहि समय अघि स्थापित ब्याण्ड आयाम ब्याण्डले प्रत्यक्ष रुपमा सॉंगीतिक प्रस्तुतीहरु दिने छन् भने अष्ट्रेलियाका नेपालीहरुमा मनमा बसिसकेका डिजे नटकेशले दर्शकलाइ मज्जाले नचाउनेछन् । कार्यक्रममा डिजे वाइजी संगै र्यापर रबिन सरकारले थप सॉंगीतक बनाउने छन् भने संगसंगै नृत्य र अन्य मनोरन्जात्मक कार्यक्रम हुनेछन् ।
आयाम ब्याण्डले ब्याण्ड स्थापना संगै बिभिन्न योजनाहरु ल्याएको छ । क्यानबेरामा हुने बिभिन्न पार्टिहरुमा लाइभ म्यूजिक दिने ।
आयाम ब्याण्डलाइ चिनाउने र नयॉं प्रतिभा जस्तै संगीत र गायनमा ज्ञान भएका साथिहरुलाइ अवसरको खाँचों रहेको हुनाले आफनो समूहमा रहेर संगै काम गर्ने योजना ।
र्र्याप पप र लोक संगीत सहित डिजेहरु सहितको सॉंगीतिक कार्यक्रम गर्ने ।
![[Tags] 8183D33F-A990-4022-BC35-F79D412509B5-1024x570 नयॉं बर्षमा लाइभ म्यूजिक संगै डिजे धमाका ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/8183D33F-A990-4022-BC35-F79D412509B5.jpeg?resize=640%2C356&ssl=1)
कोभिडको कारणले समाजमा भइरहेका यस्ता कार्यक्रम हरु रोकिएका हुनाले अव योजनाबद्ध रुपमा सबैजनासंग हातेमालो गरि कार्यक्रम गर्ने योजना रहेको प्रमेश ठकुरीले बताउनुभएको छ । यस्ता कार्यक्रमले रमाइलो गर्नबाट बन्चित सबै नेपालीहरु जो क्यानबेरामा रहेर पनि सामेल हुन पाउनु भएको छैन र जो नयॉं साथिहरु क्यानबेरा आउनु भएको छ उहॉंहरु सबैलाइ समेटेर बिशेष काम गर्ने योजना रहेको समेत ठकुरीले बताउनु भयो ।
आयाम समूहमा हाल प्रमेश ठकुरी, प्रदिप घिमिरे, सबिन थापा हुनुहुन्छ ।
कार्यक्रमको मुख्य प्रायोजक अजि फाइनान्स र एक्सपर्ट एजुकेशन रहेका छन् भने मेरिट एजुकेशन सिल्वर पार्टनरको रुपमा रहेको छ । कार्यक्रमको आयोजना र ब्यवस्थापन दुबै आयाम ब्याण्डको रहेको छ ।
कार्यक्रम
मिति : १५ अप्रिल २०२२
स्थान : वेष्टर्न क्रिक नेवरहुड हल, वेष्टर्न क्रिक
समय : बेलुका ५ बजेबाट