कपुरि क सम्वाददाता : अष्ट्रेलीया नेपालको कुटनितिक सम्वन्धको ६० बर्षे इतिहासमा नेपाली दूताबास क्यानबेराले आफ्नै भवन बनाउनका लागि जग्गा खरिद गरेको छ । अष्ट्रेलिया सरकारले मित्र राष्ट्रहरुलाई कुटनैतिक नियोग भवन निर्माण गर्न उपलब्ध गराउने क्राउन ल्याण्ड हस्तान्तरण नीति अन्तर्गत अस्ट्रेलियाका लागि नेपालि दूताबास क्यानबेराले उक्त जग्गा प्राप्त गर्न सफल भएको हो । बजार चलन चल्तीको मूल्य भन्दा धेरै नै सुपथ मूल्यमा प्राप्त जग्गाको क्षेत्रफल करिब ६ हजार २ सय बर्ग मीटर भन्दा बढी छ ।
![[Tags] ED1073D1-FC95-4B52-AD2A-82E8BEF833FD-300x225 नेपाली दुतावास अष्ट्रेलियाले भवनको लागी जग्गा पायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/ED1073D1-FC95-4B52-AD2A-82E8BEF833FD.jpeg?resize=300%2C225&ssl=1)
नेपाली दुतावास उप नियोक प्रमुख राजेन्द्र पाण्डेको बिदाइ समारोहमा अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पाले सबैलाइ जग्गा पाएको खुसीको जानकारि दिइन । जग्गा खरिद गरेको खबर पाउना साथै क्यानबेराका नेपाली समुदायमा खुसी संगै अब भवन बनाउने उत्साह बढेको छ । जग्गाको मूल्य पुरा भुक्तानी गरि खरिद गरिएको उक्त जग्गाको स्वामित्व नेपाली दूतावासका नाममा हस्तान्तरण भैसकेको र भवन ३६ महिना भीत्र भवन बनिसक्नु पर्ने कुरा पनि जानकारी दिईन ।
भवन निर्माण हामीले चाहे जस्तो मात्र बनाउन मिल्दैन । कुटनीतिक नियोग तथा निवास निर्माणका लागि अस्ट्रेलिया सरकारका आफ्नै मापदण्डहरु छन् त्यसलाई पनि हामीले पालन गर्नु पर्ने हुन्छ । नेपाल सरकारको पूर्ण खर्चमा निर्माण गरिने नेपाली दूताबास भवन सकेसम्म नेपालीपन झल्कने खालको बनाउन पहल गर्ने कुरा राजदूत शेर्पाले जानकारी दिईन ।
![[Tags] ED1073D1-FC95-4B52-AD2A-82E8BEF833FD-300x225 नेपाली दुतावास अष्ट्रेलियाले भवनको लागी जग्गा पायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/DE63F39B-A96E-435A-B29F-C1B7CFFBF3B8.jpeg?resize=300%2C146&ssl=1)
हामी भन्दा पहिला स्थापित अन्य देशका कूटनीतिक नियोगहरु समेतले आफ्नै दूताबास भवन प्राप्त गर्न नसकेको अवस्थामा हाम्रो प्रयासले सफलता पाउदा अत्यन्तै खुशी लागेको बताउदै यसका लागि बिशेष राजेन्द्र पाण्डे र अष्ट्रेलियन नेपाली समूदाय सबै लाइ शेर्पाले धन्यवाद दिइन ।
लक्की शेर्पा आएको छ महिनामा कुटनितिक पहल र सम्पर्कमा तिव्रता दिएकी छन् जसले गर्दा केहि राम्रा कामहरुले पूर्णता पाइसकेका छन् । शेर्पा राजनितिक ज्ञान संगै कुटनितिक क्षेत्रमा पनि जानकार छन् ।