कपुरि क सम्वाददाता :- भिन्न शिर्षकमा क्यानबेरामा नेपाली लगाएत अन्य बिध्यार्थीहरुको आगमनको क्रम बढे संगै यो सम्वन्धि सेवा दिने कन्सल्टेंसीहरुको संख्या पनि बढ्ने क्रममा छ।यसै क्रममा राइट्स एण्ड एसोसियट्सले पनि आफनो शाखा क्यानबेरामा बिस्तार गरेको छ । आफनो सेवाको सबैलाइ जानकारि दिने उद्देश्यले आज ४ मार्चका दिन बेष्टन पार्क यारालुम्लामा बारबिक्यू आयोजना गरेको थीयो ।
![[Tags] 4653A0BB-596E-4606-BF11-3A5E35A51DEB-300x225 राइट एण्ड एसोसीयट्सको शाखा बिस्तारसंगै फुटवलमा सहयोग ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/4653A0BB-596E-4606-BF11-3A5E35A51DEB.jpeg?resize=300%2C225&ssl=1)
भीषा तथा बिध्यार्थीका सेवा संगै समाजसेवामा पनि आफनो उपस्थिति जनाउन राइट एण्ड एसोसीयट्सले क्यानबेरा नेपलिज फुटवल क्लवको लागी ड्रेस र बर्षभरि गरिने मुख्य प्रायोजनमा प्रायोजक रहने कुरा राइट्स एण्ड एसोसीयट्सका प्रवन्ध निर्देशक बालचन्द्र भट्टराइले जानकारि दिए । क्लवका कोच दिपक हमाल, अध्यक्ष चुडामणी सापकोटा र अन्य खेलाडीहरुलाइ टिसर्ट हस्तान्तरण क्यानबेराका अग्रज समाजसेवी डा कृष्ण हमालद्वारा गराइएको थीयो ।
![[Tags] 4653A0BB-596E-4606-BF11-3A5E35A51DEB-300x225 राइट एण्ड एसोसीयट्सको शाखा बिस्तारसंगै फुटवलमा सहयोग ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/7282F3E4-3249-4C4B-85B2-9C8ECB0D4814.jpeg?resize=300%2C225&ssl=1)
कार्यक्रममा डा कृष्ण हमाल, चुडामणी सापकोटा, वालचन्द्र भट्टराइले बोल्दै खेलले अनुशासन, नैतिकता र बौद्धिकता सिकाउनुका साथै देश चिनाउन पनि सफल रहने कुरा तबताए । एसोसियट्सका क्यानबेरा प्रमुख दीपेन्द्र अधिकारीले यस्तै समाजका अन्य कुराहरुमा पनि सहयोग गर्ने जानकारि दिए । बारबिक्यूमा क्यानबेराका बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थीयो । कार्यक्रम सेतोपाटिका बरिष्ठ पत्रकार हेमन्त काफ्लेले संचालन गरेका थीए ।