कपुरि क सम्वाददाता :- हिमालयन बिजनेस ग्रुपको मुख्य प्रायोजन र गौली इभेन्टस् एण्ड म्यानेजमेन्टको आयोजनामा क्यानबेराबासीले होली मनाए । बिहान ११ बजेवाट सुरु भएको होलि मेलामा नेपाली सहित भारतीय र अष्ट्रेलियन सहित अन्य देशका नागरिकहरुको बाक्लो उपस्थिति रहेको थीयो ।
![[Tags] 044CCDFE-4B26-42F0-ABA3-FB3D67B50FE1-300x225 क्यानबेराबासीले संगीतमय होली मनाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/9D883DB4-E46A-4EC9-A4FF-9047AE3CE86A.jpeg?resize=300%2C225&ssl=1)
फागुको रंग संगै संगीत संयोजन भएकोले पनि सबैले मनोरन्जन गरे । नेपाली पप संगीतका लोकप्रिय गायक दिपक ब्रजाचार्य, नेपाली सुगम संगीतकी लोकप्रिय गायीका इन्दिरा जोशी, र्र्याप गीतमा नाम कमाएको गिरिस खतिवडा र नाचेरै अष्ट्रेलिया आउन सफल ग्रुप कार्टून क्रुजले सबैलाइ नचाएका थीए ।
![[Tags] 044CCDFE-4B26-42F0-ABA3-FB3D67B50FE1-300x225 क्यानबेराबासीले संगीतमय होली मनाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/9A1DB984-E8AA-4E2C-A2DF-C9F78225FCA3.jpeg?resize=300%2C225&ssl=1)
नाच्न नपुग्दै गीत सकियो सन्तोष अधिकारीको गुनासो थीयो । अनुहार भरि दलिएका अविरबाट सेता दॉंत देखाउदै चिच्याउदै थीए दर्शकहरु तर गीत सकिएको जानकारि दिदै गाएक दिपक ब्रजाचार्यले मेलवर्न जाने बताएपछि धेरैको मन खीन्न भयो ।
![[Tags] 044CCDFE-4B26-42F0-ABA3-FB3D67B50FE1-300x225 क्यानबेराबासीले संगीतमय होली मनाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/97FFB7F3-B434-40F4-A7DA-463796DE148D.png?resize=169%2C300&ssl=1)
जे हो क्यानबेरामा गीत संगीतसंगै होली मनाउने अवसर दिएकोमा गौली इभेन्टस् एण्ड म्यानेजमेन्टलाइ सबैले धन्यवाद दिए । कार्यक्रमलाइ TWGG, Brimt education, rights and associates र Everest business ले प्रायोजन गरेका थीए भने Everest travel and tours ले यात्राको प्रायोजन गरेको थीयो । कपुरि क समूहको तर्फवाट पनि आयोजक समूहलाइ धन्यवाद सहित अर्को बर्ष पनि यस्तै कार्यक्रम हुदै जाउन शुभकामना ।![[Tags] 044CCDFE-4B26-42F0-ABA3-FB3D67B50FE1-300x225 क्यानबेराबासीले संगीतमय होली मनाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/04B42853-9A29-4908-9A62-C4DA2695C2A6.jpeg?resize=300%2C167&ssl=1)
![[Tags] 044CCDFE-4B26-42F0-ABA3-FB3D67B50FE1-300x225 क्यानबेराबासीले संगीतमय होली मनाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/03/EC2F6D74-9B9A-4182-817B-78676F1DA549.jpeg?resize=300%2C170&ssl=1)