यूवा पुस्ताहरुलाइ लक्षित गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा “भाइव इन्द क्यापिटल” नामक डिजे धमाका हुने भएको छ । क्यानबेरामा नेपाली यूवा यूवती धेरै आए संगै बिभिन्न यूवा यूवती लक्षित कार्यक्रम हुने गरेका छन् । सिड्नी मेलबर्न जस्ता सिटिहरुमा यस्ता कार्यक्रम भइरहने र वीच तथा डान्स बारहरु पनि धेरै भएका कारण रमाइलो गर्न समस्या नहुने तर क्यानबेरामा यस्तो कम भएका कारण पनि यूवा यूवतिहरुलाइ लक्षित गरेर कार्यक्रम गर्न लागीएको कुरा आयोजक प्रदिप पाठकको तर्क थियो ।

भाइव इन्द क्यापिटलमा डिजे प्याब्लो, डिजे यानोन र डिजे वाइजीले मज्जाले नचाउनेछन् छन् भने यूवा यूवती पसिना काडेर नाच्नेछन् ।हिमालयन बिज़नेस ग्रुपको प्रायोजनमा दि रोयल नेपाल इभेन्ट्सको आयोजनामा मे ३ मा हुने भनिएको कार्यक्रम प्राबिधिक कारणबस में १९ का दिन क्यानबेरा सिटि अवस्थित फिक्सन बार रातको ८ बजेबाट कार्यक्रम सुरु हुनेछ । आयोजकले मे ३ गतेका लागी सम्पुर्ण उपस्थित दर्शक समक्ष भने अनुसार कार्यक्रम गर्न नसकेकोमा याचना गरेको छ । त्यसैले उक्त दिनलाइ बिर्सिएर मे १९ का दिन सबैजना अट्ने कार्यक्रम स्थल भएको हुनाले आएर रमाइलो गर्न आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमलाइ जेर्ट सोल्टि, नेप फिल्मस, इन्ष्टा एजुकेशन एण्ड भिजा सर्भिस, जीवन बिल्डर्स, एभरेष्ट ट्राभल एण्ड टुर्स, लाइनको एलिफेन्ट, आरएनसिएफसि र देशी ड्यूड हेयर सालुनले सहयोग गरेका छन् । कार्यक्रममा यूवा यूवती डिजेको तालमा मज्जाले नाच्नेछन् भने डिजेहरुले मज्जाले नचॉंउने प्रयास गर्नेछन् । क्यानबेरा क्विनबियन क्षेत्रका सबैजनालाइ डान्स पार्टिमा रम्न रमाउन आयोजक पाठकले अनुरोध गर्नुभएको छ । कार्यक्रमको होस्टको रुपमा सन्जु केसी रहनुहुने छ ।

EAB296AE-C00F-4B8E-9295-632C877D60D7-724x1024 डिजे संगीतमा नाच्ने मन छ ? यता आउनुस ।

Total Page Visits: - Today Page Visits:
Shares