“बेचेर सपना मैले रात किनेको छु” बिदेशमा रहेर काम घर गरेर भोलिको मिठो सपना देख्नेहरुका लागी एउटा गजवको गजल बनेको छ । गजल सुन्ने बित्तिकै यो मेरै लागी बनेको हो जस्तो लाखौं बिदेशिने नेपालीहरुलाइ लाग्नु स्वभाबिकै हो किनकि बिदेश यस्तै हुन्छ । दिनमा कलेज जाने र रातमा काम गर्नेहरुको लर्को छ बिदेशमा । गजल लेखनमाला राम्रो दख्खल राख्ने गजलकार श्रीभक्त पौडेल (आफन्त) को शब्द रहेको ओजनदार गजलमा थानेश्वर गौतमको स्वर र संगीत छ भने विनोद बाजुरालीको संगीत संयोजन रहेको छ

E50A41FB-02A1-4CED-B9BE-1330CA0F6213-819x1024 “बेचेर सपना” शिखर चुम्दै मनछुने गजल ।

गजल ‘बेचेर सपना’ ले यूट्यूब, टिकटक र फेसबुकमा राम्रो चर्चा बटुल्दै युट्युबको ट्रेन्डिङ समेत ओगट्न सफल भएको छ । गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका छन् । भिडियोमा पुष्प खड्का, सुशीला थापा, स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी लगायतको अभिनय देख्न सकिन्छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियोमा बान्डे प्रसादको सम्पादन छ ।

Total Page Visits: 1858 - Today Page Visits: 1
Shares