र्याप गाएनमा चर्चित र्यापर भिटेन अष्ट्रेलियाको राजधानी क्यानबेरा आउनुहुने भएको छ । अष्ट्रेलिया लगाएत क्यानबेरामा रहेका नेपाली यूवाहरु चलनचल्तिका पप, लोक पंप र र्याप गीतहरुमा बढि केन्द्रित भएको हुनाले पनि हिजोआज यस्तै गीतहरु संग सम्वन्धित गायकहरु ल्याउन थालेको कार्यक्रम आयोजक प्रदिप पाठकले बताउनुभयो ।
दि रोयल नेपलिज इभेन्ट्स क्यानबेराले आयोजना गरेको भाइव दि क्यापिटलमा गायक तथा र्यापर भिटेनले दर्शक नचाउनु हुनेछ भने डिजे पाल्बो, यानोन र वाइजीले डिजे लाइभ म्यूजिकद्वारा थप मनोरन्जन प्रस्तुत हुनेछन् । कार्यक्रमको मुख्य प्रायोजक एसबिए सोलुसन रहेको छ भने जेन माइग्रेसन तथा एजुकेशन, क्यानबेरा बिजनेस एण्ड टेक्नोलोजि कलेज, एजे कम्प्लिट सलुसन तथा छोमोलुगॉं नेपलिज कजिनले प्रायोजन गरेका छन् ।
कार्यक्रम ९ जुनका दिन फिक्सन क्लव क्यानबेरामा बेलुका ८ बजेदेखि मध्य रात सम्म हुनेछ । क्यानबेरा तथा क्विनबियन क्षेत्री यसमा बसोबास गर्नुहुने सबैले लोकप्रिय र्यापर भिटेन र डिजे म्यूजिकमा मनोरन्जन लिन छिट्टै आफनो सिट सुरक्षित गर्नुहोला ।
![[Tags] DB3EDE87-217D-40CD-969E-7A644CBBEFF4 र्यापर भिटेन क्यानबेरा ऑंउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/05/DB3EDE87-217D-40CD-969E-7A644CBBEFF4.jpeg?resize=640%2C537&ssl=1)