कोभिडले गर्दा लामो समय सुतेको नेपाली चलचित्र उद्योग हाल
तंग्रिएको छ । ए मेरो हजुर चारले राम्रो ब्यापार गरेपछि कबड्डी ४ ले नेपालमा अहिलेसम्मकै रेकर्ड तोकेको छ । नेपाली चलचित्र उद्योगलाइ हिन्दि चलचित्रले त्रसित गरिरहेको बेला यो शुभ संकेत हुनसक्छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा पनि कबड्डि ४ ले हल भरिनेगरि दर्शक पाएको छ । लामो समयसम्म नेपाली चलचित्र हेर्न नपाएका दर्शकहरु चलचित्र हेर्न समय मिलाएर भएपनि आएर सहयोग गरेको स्यारोन एण्ड जियोनका डिरेक्टर शुसिल पोखरेल बताउनुहुन्छ । में महिनामा एक शो प्रदर्शन गर्दा हाउसफुल भएको र जुन ४ को दोस्रो सो पनि हाउसफुल भैसकेको छ । त्यस्तै जुन १४ र १८ का दिन तेस्रो र चौंथो सो राखिएको छ ति सोहरु पनि राम्रो रहेमा नर्थ क्यानबेरा र साउथ क्यानबेरामा थप एक एक शो देखाउने योजना रहेको कुरा पोखरेलले “मेरो कपुरी क” लाइ बताउनुभएको छ ।

‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात, मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। क्यानबेरामा चलचित्र प्रदर्शन गर्ने अधिकार स्यारोन एण्ड जियोन रहेको छ भने चलचित्रलाइ ग्लोवल स्कलर एजुकेशन एण्ड भिजा सर्भिसले प्रस्तुत गरेको छ भने पावर वाइ मिड सिटि कलेज रहेको छ । प्रदर्शनलाइ आरएनसिएफसिले सहयोग गरेको छ । टिकटको मुल्य अष्ट्रेलियन डरल ३० रहेको छ । चलचित्र लाइम लाइट सिनेमा टग्रननमा प्रदर्शन हुनेछ । टिकट www.ticketcart.com.au बाट पनि खरिद गर्न सकिनेछ ।

6644697B-ED60-4DEC-A936-4635F29476D1-724x1024 कबड्डि ४ मा दर्शक खचाखच ।

Total Page Visits: - Today Page Visits:
Shares