नेपाली दुताबास अष्ट्रेलियाले नयॉं राजदूतका पाएको छ । यो संगै नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ । उहॉंआएसंगै दुताबास र अष्ट्रेलियामा रहेको नेपाली समाजले पक्कै केहि आशा रहेको छ । महामहिम पोखरेलको पनि बिभिन्न योजना छन् ।अष्ट्रेलियामा रहेको नेपाली समाजलाइ आफना कारणले गीर्न नदिने उहॉंको तर्क छ । उहॉं आएसंगै उहॉंका बिभिन्न योजनाहरु छन् ।दुताबासको भवन वनाउने, नेपालबाट अष्ट्रेलियाको सिधा हवाइ योजना, नेपालबाटै अनलाइन भीजा प्रकृयाका कुराहरु, बिध्यार्थीहरुकासमस्या र अन्य नेपाली समाजमा हुने बिविध भइपरि आउने समस्याहरुका समाधानका लागी आफु लागीसकेको बताउनुभएको छ ।उहॉंले सबै नेपालीहरुलाइ दुताबास आउनु अघि वेभसाइटमा अपडेट सूचनाहरु हेरेर आउनुहुन र सकेसम्म भिडभाड नगरि सेवा छिटोछरितो बनाउन सहयोग गरिदिनु हुन पनि आग्रह गर्नुभएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 अष्ट्रेलियामा  महामहिम कैलाशराज पोखरेलको आगमन संगै नयॉं आशा । दुताबासमा सबै सेवा अनलाइन सुबिधा ।
https://successedu.com.au/

नेपालीका संख्या दिनानुदिन बढ़े संगै दुताबासमा चाप पनि बढेको छ । ६ जना कर्मचारी रहेको दुताबासमा हरेक कुरा महत्वपूर्ण हुने रसानो कुरा बिग्रदा पनि भोलिका दिन दुख हुने हुनाले सबै कुरा राम्रो संग चेक गरेर पठाउनु पर्ने भएकाले समय लाग्ने कुरा दुताबासका तृतीय सचिव यादव कोइरालाको भनाइ थियो । हरेक कर्मचारीका अगाडी बिभिन्न फारमका चॉंग छन् भने पासपोर्ट डिजिटल भएपछि भित्रकोठामा कम्प्यूटर बाट अनलाइन पासपोर्टका लागी फ़र्म भर्ने भ्याइनभ्याइ छ । दुइवटा कम्पूटरबाट दुइजना कर्मचारीले सेवादिइरहनुभएको छ भने बाहिर पालो कुरेर बस्ने सेवा ग्राहिको लाइन छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 अष्ट्रेलियामा  महामहिम कैलाशराज पोखरेलको आगमन संगै नयॉं आशा । दुताबासमा सबै सेवा अनलाइन सुबिधा ।

सबैकुरा अनलाइन भएको हुनाले नेपाली दुताबासको वेबसाइट https://au.nepalembassy.gov.np/ मा गएर हेरेर सम्पूर्ण जानकारी प्राप्त गर्नसकिने छ । हाल पासपोर्टका काम सबै वेभसाइटबाट हुने र तोकिएको दिनमा मात्रै काग़ज़ात सहित दुताबास आउन मील्ने भएको छ ।सबैकुरा नियमबद्ध भएको छ । नियमपालना गरेर आउदा र सम्पूर्ण कागजात लिएर आउदा काम छिट्टै सकिन्छ । पासपोर्ट भरेको फर्मकोतल रहेको बारकोडमा स्क्यान गरेर हेरेपछि पासपोर्टको अवस्था के छ कहॉं पुगेको छ भन्ने कुरा थाहा पाउन सकिने कुरा दुताबासका द्वितिय सचिव निर्मल भट्टराइले जानकारी दिनुभयो । पासपोर्ट या अन्य कागजातहरु एप्लाइ गरेपछि सबैकुरा इमेलमा आउने र आफनोइमेल पढेर के के अपडेट भएको छ पढ्ने र कागजात के के लानुपर्ने हो सबै लिएर दुताबास आउन भट्टराइले अनुरोध गर्नुभएको छ । 

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 अष्ट्रेलियामा  महामहिम कैलाशराज पोखरेलको आगमन संगै नयॉं आशा । दुताबासमा सबै सेवा अनलाइन सुबिधा ।

Total Page Visits: - Today Page Visits:
Shares